बैशाख १६, काडमाडौं ।
खोलो तर्यो लौरो विस्र्यो भन्ने नेपाली उखानको चरितार्थ पुर्व लडाकु गंगाराज वलीको परिवारमा लागु भएको छ ।
१० वर्षको जनयुद्धमा परिवर्तनको अपेक्षा सहित लागेका गंगाराम ओली शान्ति प्रकृया संगै स्वैच्छिक अवकासमा निस्केर ३ सन्तानको भविष्य उज्वल बनाउने कल्पनामा मलेसिया पुगे ।
बर्दिया जिल्ला गुलरिया–२, संगम बस्तिमा बस्ने गंगाराम ओलीको २०७२ साउन ३० मा मलेसियामै मृत्यु भयो । उनको मृत्यु पश्चात उनकी श्रीमती पविक्रा रोका ३ सन्तानलाई समेत अलपत्र छोडेर घरबाट हिडिन् । कहाँ गईन भन्ने अहिलेसम्म अत्तो पत्तो छैन ।
स्कुल जाने उमेरमा ओलीकी ७ वर्षकी ठूली छोरी निलमको काँघमा ४ वर्षे बहिनी सन्ध्या र २ वर्षे भाईको रेखदेखको जिम्मेवारी आइपरेको छ ।
गुलरिया–२, संगम बस्तिका अगुवा पुर्ण महतरा भन्छन्, एकसरो लुगाको भरमा माग्दै उनीहरुले दिन कटाईरहेका छन् । आमा पविक्रा रोका पनि जनयुद्धमा सामेल रहेको छिमेकीहरु बताउँछन् । गंगाराजको छिमेकी सर्मिला बस्नेतको रेखदेखमा ति बच्चाहरु बसिरहेका छन् ।
उनको भनाई अनुसार तिन महिना देखि उनीहरुकी आमा पविक्रा सम्पर्कमा नआएको बताईन् । एक कठ्गा जग्गा समेत नभएका ओली परिवार बन क्षेत्रको फाँटामा अस्थायी टहरा बनाई बस्दै आएका थिए ।
बाल बच्चाको विचल्ली भएपछि स्थानीयकको आग्रहमा एस.ओ.एस. बालग्राम सुखेतबाट आई समस्या बुझेर गए पनि आमाको बारेमा केही नखुलेका कारण उद्दार गर्न नसकेको स्थानीय दिनेश खत्रीले बताए ।
बालबालिकाको क्षेत्रमा ठूलो धनरासी खर्च गर्ने धेरै एनजिओहरु सम्पर्कमा आए पनि आश्वासन मात्र दिएर जाने गरेको खत्रीले बताए ।
उनीहरु उद्दार र राहतको पर्खाइमा रहेका छन् । जसको निम्ति उनको बुबाले संघर्ष गरेका थिए, उनीहरु सत्ताको बागडोर सम्हालिरहेका छन्, उनीहरुको ध्यान पुगोस् र सम्बन्धित सरोकारवालाहरुको पजि ध्यान जाओस्, भन्ने संगम बस्ती वासीहरुको भनाई रहेकोछ । –कान्तिपुरबाट
पुर्व माओवादी लडाकुका ३ सन्तानको विचल्नी


0 comments
Write Down Your Responses