पूर्वमा नेपाल टेलिकमको सेवा अवरुद्ध
सडक निर्माण गर्ने क्रममा स्काभेटरले अप्टिकल फाइबरको तार चुँडाइदिएपछि नेपालको पूवी जिल्लामा नेपाल टेलिकमको सम्पूर्ण सेवा अवरुद्ध भएको छ । मंगलबार बिहान सडक निर्माण गर्ने क्रममा स्काभेटरले बर्दिबासमा अप्टिकल फाइबरको तार चुँडाएको हो। नेपाल टेलिकमका वरिष्ठ सहायक गोपाल दुलालले बर्दिबासमा तार चुँडिएकाले पूर्वी नेपालमा सेवा अवरुद्ध भएको पुष्टि गरेका छन्। मर्मत कार्य चलिरहेकोले अब दुईरतीन घण्टामा सेवा सुचारु हुनसक्ने जानकारी समेत गराए ।
0 comments
Write Down Your Responses