सत्तारुढ नेकपा एमाले यहि बैशाख २७ गतेपछि के हुन्छ ? के गर्छ ? के गर्नुपर्छ ? के आउला परिणाम ? यो तिर विश्लेषण गरौं ।
एमाले अहिले कानुनी रुपमा एउटा भएपनि ब्यबहारतः दुईटा एमाले छन् । पहिलो, माधब नेपाल पक्ष र दोस्रो केपी ओली पक्ष । सांगठनिक रुपमा नेपाल पक्ष बलियो छ भने सत्ताको आडमा ओली बलियो छ ।
ओलीले यहि २७ गते संघीय संसदबाट विश्वासको मत लिने घोषणा गरिसकेका छन् । अब हुन्छ के ? एउटा तर्क गरौं । कांग्रेस प्रतिपक्षमा छ । सबै कांग्रेसले ओलीलाई समर्थन गर्ने पक्षमा छैनन् । चुनाव गर्ने भए आफ्नै नेतृत्वमा हुनुपर्नेमा कांग्रेसको एकमत बाहिर आउनेछ । यो भनेको कांग्रेसको समर्थन ओलीले पाउने छैनन् । माओबादी केन्द्र तेस्रोमा छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीप्रति यति रुष्ट छन् कि, माओबादी केन्द्र ओलीलाई भोट दिने त परै जावस, बरु बिरोधमा उत्रन्छन् । माओबादी केन्द्र सके आफ्नै नेतृत्वमा नत्र कांग्रेसको नेतृत्वमा चुनावमा जान चाहन्छ ।
सरकारमा नभएपनि माधब नेपाल पक्ष संसदमा बलियो उपस्थिति छ । नेपाल पक्ष ओलीलाई कुनै हालतमा बिश्वासको मत नदिने बरु, सबै सांसदले एकैचोटी राजीनामा दिने मनस्थितिमा पुगिसकेको छ । अब केहि महिना मात्र हुने सांसदको पद लोभ नगर्ने बरु, स्वाभिमान राजनीति गर्नेमा नेपाल पक्षका सबै सांसदहरु पुगिसकेका छन् ।
जनता समाजबादीको बाबुराम भट्टराई र उपेन्द्र यादब पक्ष कुनै हालतमा ओलीलाई निरन्तरता दिन हुँदैन भन्ने पक्षमा छन् । यो पक्ष जसपामा बलियो छ । अन्य साना दलहरु र स्वतन्त्र सांसद पनि ओलीको पक्षमा अब लाग्ने छैनन् ।
त्यसपछि, हुन्छ के त ? त्यसपछि ओलीले विश्वासको मत गुमाउनेछन् । तुरुन्तै उनले राष्ट्रपतिको सहारा लिएर अर्ली इलेक्शनको घोषणा गर्नेछन् भने, त्यहि बेला संसदको बिशेष अधिबेशन अन्त्य गरेर जर्वजस्त चुनावी तयारी थाल्नेछन् ।
अन्य दलहरु चुनावमा जाने कुरामा सहमत भएपनि ओलीकै नेतृत्वमा चुनावमा नजाने अडान लिन्छन् । यहि बिचमा निर्णायक बनेर माधब नेपाल र प्रचण्डको भुमिका अब्बल हुनेछ ।
गर्ने के त , नेपाल र प्रचण्डले ?
चुनाव अघिसम्म मात्र ओलीको साख रहने हो भन्ने भुल्न हुँदैन । त्यसपछि ओलीलाई क्रमशः उनको साथ छाड्नेहरुको लर्को लाग्नेछ । राजनीतिमा शक्तिको स्वार्थ बडा गजबको हुन्छ भन्ने भुल्न हुँँदैन । यो बेला ओलीको साथ छोड्नेहरुको व्यबस्थापन गरेर नेपाल–प्रचण्डको बृहत मोर्चा मार्फत चुनावमा संगैसंगै जाने हिम्मत राख्नुपर्छ । यो उनिहरुको राजनीति भविस्यलाई सुरक्षित गर्ने एक मात्र बिकल्प हो । अब नेपाललाई ओलीले यो जुनीभर चाहेर पनि कुनै स्थान दिने छैनन् । त्यसैले, एमाले भित्र ओलीसंग मिलेर जाने माधब नेपाल पक्षले भुलेर पनि गर्नु हुँदैन ।
विनोद त्रिपाठीको फेसवुक बाट
ओलीको अबको चतुर कदम भनेको चुनावमा जाने मात्र हो । त्यो बाहेक उनले अर्को कदम चाल्न सक्दैनन् । चुनावमा कांग्रेसपछि दोस्रो पार्टी बन्ने नेपाल–प्रचण्डको एक मात्र अबसर हो । यदि यहि गतिमा कांग्रेस, नेपाल–प्रचण्ड पक्ष र अन्य दलहरु चुनावमा जाने हो भने ओली पक्षको देशभर एउटा सिट पनि आउने अबस्था छैन । यसका उदाहरणका रुपमा नेपाल पत्रकार महासंघ र अन्य संस्थामा ओलीको शुन्य परिणामबाट सिद्ध भइसकेको छ । ओलीको भुल्भुलैयामा लागेर नेपाल पक्षले ओलीलाई साथ दियो भने ओली पक्षको राजनीति फेरि पनि बलियो हुनेछ । ओलीलाई साथ दियो भने नेपाल पक्ष पुरै समाप्त भएर जानेछ ।



0 comments
Write Down Your Responses