सावधान ! बच्चाका लागि मोबाइल खतरा



एजेन्सी । यदि तपाईको बच्चालाई स्मार्ट फोनसँग खेल्ने बानी परेको छ भने सतर्क रहुनहोला । बच्चाको यस्तो प्रकारको बानी निद्राको शत्रु हो । वैज्ञानिकहरुको एउटा खोजले यो कुरा पत्ता लगाएको छ कि जुन बच्चा स्मार्टफोन या ट्याबलेटसँग धेरै समय बिताउँछ, उनीहरुलाई अरु बच्चाको तुलनामा कम निद्रा लाग्छ । हालै गरिएको एक अध्ययनका अनुसार अध्ययनमा मोबाइलको स्क्रिनमा बिताएको एक घण्टाले उसको निद्रामा १५ मिनेटको कमी गराउँछ ।

मोबाइलमा गेम खेल्ने बच्चाहरुको दिमाग बढ्ने भनिएपनि त्यसले निद्रामा असर गर्छ । विशेषज्ञका अनुसार यसलाई बुबाआमाले चासो नदिई बस्न भने हुन्न । शोधकर्ताहरु भन्छन्, ‘दिनप्रतिदिन घरमा टचस्क्रीनको संख्या बढिरहेको छ तर यसले बाल्यपनमा पार्ने असरबारे मानिसहरुको बुझाइमा कमी छ ।’
लण्डन युनिभर्सिटीको यो अध्ययनमा तीन वर्षभन्दा कम उमेरका बच्चाहरुको ७ सय १५ अभिभावकलाई प्रश्न सोधिएको थियो

। उनीहरुलाई आफ्नो बच्चा कति समयसम्म स्मार्टफोन या ट्याबलेट खेलाउँछन् र कति समयसम्म सुत्छ भनेर सोधिएको थियो ।

ब्रिटेनमा गरिएको उक्त अध्ययनमा ७५ प्रतिशत बच्चा दिनहुँ टचस्क्रीन प्रयोग गर्छन् र यिनीहरुमा ५१ प्रतिशत मात्र ६ देखि ११ महिना सम्मका छन् ।

अध्ययनको अनुसार जो बच्चाहरु टचस्क्रीनसँग खेल्ने गर्छन्, तिनीहरु रातमा कम र दिनमा बढि सुत्छन् ।

0 comments

Write Down Your Responses