बर्बरतापूर्ण दमनको प्रतिरोध गर्दै चुनाव खारेजी अभियान सफल पार्न युवाहरुलाई आव्हान
बैशाख ३०, काठमाडौं । स्थानीय चुनाव देस र जनताको पक्षमा नभएकोले प्रतिरोधमा जुट्न युवाहरूलाई राष्ट्रिय युवा जनस्वयंसेवकले आग्रह गरेको छ । स्थानीय चुनावको पूर्वसन्ध्यामा एक प्रेस वतव्य जारी गर्दै सो कुरा जनाएको हो । असफल संसदीय व्यवस्थाका मतियारहरु मिलेर जनतालाइ थप शोषण गर्ने खेल मात्र भएको जनस्वयंसेवकका अध्यक्ष झकबहादुर मल्लद्वारा जारी वक्तव्यमा जनाइएको छ । निरङकुश बर्बर दमन धरपकडले विधिको शासन लोकतन्त्रको मुकुण्डो च्यातेको जनाउँदै सरकारको दमनको प्रवाह नगरीकन आम देशवासीलाई मतदान नगर्न आग्रह गर्दै प्रतिरोधमा जुट्न आव्हान गरिएको छ ।
विज्ञप्तीको पुर्ण पाठ
यही बैशाख ३१ गते प्रतिकृयावादी दलाल सरकारले गर्न लागेको कथित् स्थानीयय निर्वाचन कुनै पनि हिसाबले देश र जनताको पक्षमा छैन । नेपालमा अशफल सिद्ध भैसकेको संसदीय व्यवस्था दश बर्षे महान् जनयुद्ध र जन–आन्दोलनको अभिष्ट कदापि थिएन । नेपाली क्रान्तिको महान् यात्राबाट बिचलित भएका र अशफल संसदीय व्यवस्थाका मतियार मिलेर देश र जनतालाई थप शोषण र दोहन गर्ने प्रपञ्च अनुरुप यो चुनावको नाटक गरिएको हो ।
आज हरेक सच्चा देशभक्त नागरिकले गहिरोगरी सोच्नुपर्ने बेला आएको छ । नेपालमा संसदीय व्यवस्थाले देश र जनतालाई के दियो ? देशका सबै ठूला उध्योग, कल–कारखाना ध्वस्त पार्यो । झन्डै ४० लाख युवाहरुलाई बिदेसिन बाध्य पार्यो । गरिबी, बेरोजगारी, भ्रस्टाचार, कमिसन, तस्करी आदि थोपरियो । बिदेसीको दलाली गर्ने र आफ्नो सानो झुन्डको स्वार्थपुर्ति गर्ने बाहेक केही गरेन । कथित् निर्वाचनमा गरिएका तालमेलका दृष्यहरुले पनि के स्पस्ट गर्छ भने यो चुनाव वास्तविक चुनाव नभएर जनता झुक्याउने खेल मात्र हो ।
अतः गलत उद्देश्यकासाथ देश र जनताका बिरुद्ध गरिएको चुनावरुपि षड्यन्त्रलाई पूर्ण रुपमा खारेज गर्नु सबै देशभक्त प्रगतिशील एवमम् जनवादी शक्तिको साझा दाईत्व र कर्तब्य हो । चुनावप्रति भिन्न मत राख्ने जो कोहीलाई पनि उसको सामान्य मौलिक हक र मनवियता को समेत ख्यालै नगरि पूरै निरंकुश शैलिमा बर्बर दमन् र धरपकड गरिरहेको छ । यो घटनाले कथित् लोकतन्त्र र बिधिको शासन भन्नेहरुको मुकुन्डो च्यातिएको छ र संसदीय फाँसिवाद उदाङ्गिएको छ । त्यसैले हामी सबै आमा–बुवा, दाजु–भाई तथा दिदि–बहिनीहरुमा आफ्नो आमुल्य मत आँफैमा सुरक्षित राख्न बिशेष अनुरोध गर्दछौं । साथै आम युवाहरुलाई यो बर्बरतापूर्ण दमनको प्रतिरोध गरि नेपाल कम्युनिस्ट पार्टीले संचालन गरेको चुनाव खारेजी अभियान सफल पार्न आह्वान गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित ।



0 comments
Write Down Your Responses