राजधानीमा दुई सवारीमा आगजनी



बैशाख २५, काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका हात्तिगौंडा स्पेशल चोकमा २ सवारी साधनमा आगजनी भएको छ ।

जुटको बोरामा आगो लगाएर बा ६ च ११७२ नम्वरको टोयटा कम्पनीको कार र बा २६ प नम्वरको मोटरसाइकलमा आगो लगाएको महानगरीय प्रहरी बृत महाराजगञ्जले जनाएको  छ ।

आगजनीबाट दुवै सवारी साधनमा क्षति भएको जनाउँदै विप्लब नेतृत्वको नेकपा कार्यकर्ता आगजनीमा सग्लन हुन सक्ने बताउँदै खोजी कार्य जारी रहेको  जनाएको छ । वाटामा पार्किङ गरेर राखिएको अवस्थामा ४ ,५ जनाको समूहमा आर्इ आगजनी गरी भागेको स्थानीयले बताए ।

0 comments

Write Down Your Responses