रोल्पाको गाउँ–गाउँमा चुनाव खारेज अभियान



बैशाख २५, जन्मदेव/लिवाङ । नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनजागरण तथा प्रतिरोध अभियान अन्तर्गत रोल्पाको थवाङ, गाम, घर्तीगाउँ, माडीचौरलगायत दर्जनौं क्षेत्रमा आइतबार घरदैलो अभियान चलाइरहेको छ । अभियानमा स्थानीयहरुको सहभागिता उत्साहजनक देखिएको छ । कथित स्थानीय चुनाव खारेज गरौं, शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि बैज्ञानिक समाजवाद स्थापना गरौं भन्ने नारासहित जिल्लास्तरीय नेता–कार्यकर्ताहरु यतिबेला गाउँ–गाउँमा साँस्कृतिक टोलीसहित अभियानमा खटेका छन् । ठाउँ–ठाउँ प्रहरीको अबरोधका बाबजुद पनि रोल्पालीहरु उत्साहपुर्वक चुनाव खारेज अभियानमा खटिएको जिल्ला सेक्रेटेरी जागृतिले बताए ।

अभियानमा राष्ट्रिय युवा जनस्वयंसेवकको टोली, जलजला र सामना सांस्कृतिक परिवारको टोली पनि सम्मिलित छ । जनपक्षीय गीत र संगीतमार्फत् चुनाव खारेजीका लागि जनकलाकारहरुले अपिल गरिरहेका छन् । जागृतिका अनुसार जिल्लाका सबै क्षेत्रमा २ दर्जनबढि टोली खटिसकेको छ ।

सबै टोली पालैपालो माओवादी आन्दोलनको केन्द्र मानिने थवाङमा सबै जनता सहभागी भएर घरदैलो कार्यक्रम चलिरहेको छ ।

बालकलाकार पक्राउ

यसैबीच, अभियानकै क्रममा जलजला सांस्कृतिक परिपारका संयोवक हिमाललाई नृत्य देखाइरहेका बेला गिरफ्तार गरेको छ। बालकलाकार १२ वर्षीय राम पुनलाई सांस्कृतिक कार्यक्रममा नाँचिरहेका बेला प्रहरीले कुटपिट गरि पक्राउ गरेको छ । रोल्पाको झैमाकसलाबासी पुन र हिमाललाई लिवाङस्थित जिल्ला प्रहरी कार्यालयको हिराशतमा राखिएको छ ।

सेक्रेटरी जागृतिले एक बिज्ञप्ति जारी गर्दै बालकलाई पक्राउ गर्ने प्रशासनको हर्कतले आफै नाङ्गिएको भन्दै बालकलाकार र हिमाललाई तत्काल रिहा नगरे प्रतिरोध संघर्षलाई चर्काउने चेतावनी दिएका छन् ।

0 comments

Write Down Your Responses