चितवनमा हालसम्म १८ गिरफ्तार

बैशाख २५, चितवन । नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्लाको नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी १८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा भरतपुर महानगरपालि वडा नं. ७ बाट दुर्गाप्रसाद भुसाल, दरिराम गौतम, भरतपुर मनपा वडा नं. १ बाट मित्र के.सी., खैरानी नगरपालिकाबाट जयबहादुर कुवँर, मदन गुरुङ, रामबहादुर लामा विलोभा, मनोज कार्की, माँडीबाट टिका न्यौपाने, पुर्व चितवनबाट रमेश खत्री, रोशन कार्की, रघुवीर शर्मा, सन्तोश कार्की, टाडी नगरपालिकाबाट मिनबहादुर सापकोटा रहेका छन् । उहाँहरुलाई प्रहरीले विनाकरण गिरफ्तार गरेका छन् । अन्य गिरफ्तारी पर्नेको नाम खुल्न सकेको छैन ।

0 comments

Write Down Your Responses