बन्द सफल पार्न जताततै मशाल जुलुश

वैशाख २९, काडमाण्डौ । ३० गते आयोजित नेपाल बन्द सफल पार्न नेकपाले देशभरी मशाल जुलुश निकालेको छ । बझाङ, चैनपुर बस पार्कबाट निस्केको जुलुशले शहर परिक्रमा गर्दै स्थानीय चुनाव खारेज गरौँ १ दलाल सरकार मूर्दावाद १ लगायतका नारा लगाएको थियो । त्यसैगरी बझाङकै बागथलामा पनि नेकपाका कार्यकर्ताले मशाल जुलुश निकालेका छन् ।
उता जनकपुर अञ्चलका विभिन्न जिल्लामा मशाल जुलुश निस्केको खबर छ । जनकपुरबाट नेकपाका नेता राजु कार्कीले दिएको जानकारी अनुसार सिन्धुलीको मरिन, महोत्तरीको हाथीलेट, धनुषाको ढल्के, सिरहाको मिथिला, सप्तरीको कञ्चनपुर बजार र सर्लाहीको धरहरामा मशाल जुलुश भएको छ ।
कास्कीबाट कपिल भट्टले पठाएको समाचारअनुसार छोरेपाटन–१७, लेखनाथ महानगरपालिका र मादीमा साँझ ७ बजे मशाल जुलुस निस्केको छ । त्यसैगरी स्याङजाको भीरकोट नगरपालिका, दहथुममा ७ः३० मा नै मशाल जुलुस प्रदर्शन भएको छ । त्यसैगरी लम्जुङ, बेशीशहर–११ र राइनस–९ मा मशाल जुलुश प्रदर्शन भएको छ । त्यसैगरी दमौलीबाट प्राप्त खबर अनुसार डुम्रे र सदरमुकाम दमौलीमा पनि मशाल जुलुश प्रदर्शन भएको छ ।


0 comments
Write Down Your Responses