म आगो रोपिरहेछु



म आगो रोपिरहेछु

यि काला बस्तीहरुमा
उ रोपिरेको थियो फुल
म छोपी रहेको थिए आगो
उ रोप्दै थियो फुलका बोटहरु
भिजाइ रहन्थो रगत र पसिनाले
सुन्दर बगैचाहरुमा
फुलाउन खोज्दैथ्यो
लोकतन्त्रको रातो गुलाव
यि काला बस्तीहरुमा
तर अपसोच विउ परेछ धतुरोको
कठै बिचरा कामरेड धनबहादुर
र्बबराई रहेछ हाम्रै आगन र रक्षायानमा
छटपटाई रहेछ हाम्रो मझेरीहरुमा
हेर त यि काला बस्तीहरुमा
तर म रोपि रहेछु आगोको विउ
केबल सानो झिल्को
पात पत्करहरुले छोप्दै
यि काला बस्तीहरुमा
तिमीले ल्याएको पानि हुरी छल्दै
उसले चलाएका बतासको साहरा लिदै
गरीरहेछु बारुदका खेतिहरु
हाम्रो रछायान र आगनमा मैलाएका
बनमाराहरु उखल्न
यि काला बस्तीहरुमा
हो लालविर हो धनबहादुर
बौलाएका यि लालवीरहरु
बौराउने एउटा बिउ जगाउन
आज म आगो रोपिरहेछु
झिल्को छोपिरहेछु
रछायानका बनमाराहरु जलाउन
यि काला बस्तीहरुमा
२०७४ जेठ ६

नारायण नेपाल

0 comments

Write Down Your Responses