अन्तर्रास्ट्रिय तहको बुडोकन कतारे कप २०१७ च्याम्पियनशिप खेल सम्पन्न



रमाकान्त बास्तोला/बैशाख ७, अन्तर्रास्ट्रिय तहको बुडोकन कतारे कप २०१७ च्याम्पियनशिप खेल युएईमा सम्पन्न भएको छ । विभिन्न रास्ट्रहरु द्वारा सम्मेलित खेलमा नेपाली कराते डो टिमका खेलाडीहरुले पनि सहभागिता जनाएका थिए ।

खेलमा अस्ट्रेलिया, इजिप्ट, इरान, युएई, इण्डिया, फिलिपिन्स, लेबनान, श्रीलङ्का, नेपाल लगाएतका राष्ट्रहरुको सहभागी खेलाडीहरुद्वारा काता, कुमिते लगाएत च्याम्पियन शिप कराते खेलहरु खेलाइएको थियो ।

उक्त खेलमा नेपालको तर्फदेखि विभिन्न बिधा र क्याटेगेरी गरि दर्जन खेलाडीहरुले सहभागिता जनाएका थिए । विदेशमा रहेर पनि कामको बावजुद खेल खेली नेपालको गौरब विश्व सामु पुर्याएका थिए ।

यस्तै गरि नेपाली कराते डो देखि टिम मेनेजर पबित्रा भण्डारी हुनुहुन्थ्यो भने हेड कोचमा पुर्न लामा, पशुराम घिमिरे, फाइ लामा रहेका थिए । साथै रेफ्रीहरुमा नेपालको तर्फबाट रबि शाही, प्रेम श्रेष्ठ, विशाल थापा मगर रहनु भएको थियो । जसमा खेलाडी कोर्डिनेटर हिरालाल श्रेष्ठ र राजिब सुनारले गर्नुभएको थियो । यस्तै नेपालको तर्फदेखी अफिसियल सहयोगीहरुमा मनोज काउछा, पृथी छक बुडामगर, रमाकान्त बास्तोला, मदन अधिकारी, भानुभक्त पौडेल, कमल पोख्रेल, प्रेमा सुब्बा, प्रबिन काजी श्रेष्ठ, योगि मिस्र, दुर्गा सुनार आदि हुनुहुन्थ्यो ।

अन्तर्राष्ट्रिय तहको उक्त कराते खेलमा नेपाल तर्फदेखि सहभागी खेलाडीहरुमा दिनेश सिगा (५० केजि, २१-२५) कुमिते, रामु सुनार ७५ केजि कुमिते + काता, लक्षमण थापा मगर (५० केजि, २६-३०) कुमिते, उत्तम गुरुङ्ग (४५ केजि २१-२५) कुमिते, राम बहादुर तामाङ्ग ७० केजि, बिपिन श्रेष्ठ ९० केजि कुमिते, बिनोद राई ५५ केजि कुमिते, कुमार भुसाल ७५ केजि कुमिते, मीन राज चौधरी कुमिते, पुश्प न्यौपाने ५५ केजि कुमिते, बिजय तामाङ्ग ५५ केजि कुमिते, केन्जल श्रेष्ठ ३० केजि कुमिते + काता, मा प्रतिस्पर्धा गरेका थिए ।

उक्त खेलमा नेपाली खेलाडिहरुमा च्याम्पियन अफ च्याम्पिएनमा पनि नेपाल कै तर्फदेखि कुमार भुसालले हात पार्नुभएको थियो भने बिपिन श्रेष्ठ ९० केजि कुमितेमा प्रथम, कुमार भुसाल ७५ केजि कुमितेमा प्रथम, पुश्प न्यौपाने ५५ केजि कुमितेमा प्रथम, बिजय तामाङ्ग ५५ केजि कुमितेमा प्रथम, केन्जल श्रेष्ठ ३० केजि कुमिते + कातामा प्रथम र तृतिय, बिनोद राई ५५ केजि कुमितेमा द्दितिय,लक्षमण थापा मगर (५० केजि, २६-३०) कुमितेमा द्दित्तिय, दिनेश सिगा (५० केजि, २१-२५) कुमिते मा तृतिय, रामबहादुर तामाङ्ग ७० केजि कुमिते तृतिय, मीनराज चौधरी कुमितेमा तृतिय, हुनुभएको छ भने बिजय पस्चात खेलाडीहरु नेपालि चन्द्र सुर्य अन्कित झण्डा फहराउदै खुसियाली मनाएका थिए । उक्त खेल हेर्न अएका नेपाली दर्शकहरुले पनि नेपाली झण्डा फहराउदै खेलाडीहरुलाई बधाइ दिएका थिए ।

0 comments

Write Down Your Responses