शहिदको रगतसँग साटिएको हतियार बेचेर प्रचण्डले गम्भिर अपराध गर्न खोजेको बाबुरामको खुलासा



जेठ ८, कञ्चनपुर  । स्थानीय तहको निर्वाचनमा लगभग शुन्य परिणम आएपछि अत्तालिएका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले कैलाली पुगेर माकेका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि गम्भिर आरोप लगाएका छन् ।

दोस्रो चरणको निर्वाचन अभियानका दौरानमा कैलाली पुगेर भट्टराईले प्रचण्ड माथि जनयुद्धकालमा शहिदको रगतसँग साटिएको हतियार खुफिया एजेन्सीलाई बेचेर पैसा लिन खोजेको तर बोर्डर क्रस गर्न नसकेपछि प्रचण्डले आफू प्रधानमन्त्री रहँदा आफूसँग भनेको तर आफूले शहिदको रगतसँग साटिएको हतियार खुफिया एजेन्सीलाई बेचेर अपराध गर्न आफू तयार नरहेको बताएपछि प्रचण्ड हतियार बेच्न असफल भएको दावी बाबुरामले गरेका छन् । प्रचण्डले भने यसको खण्डन गरेका छैनन् । बाबुरामले भने– ‘सीमा कटाउन नसकेपछि मलाई भन्नुभयो, मेरो आंग जिरिङ्ग भयो, मैले हुँदैन भनेँ र तत्कालीन प्रधानसेनापति छत्रमान गुरुङजीलाई भनेर हतियार छाउनी पठाएँ ।’

पूर्वजनमुक्ति सेनाले सोधेको प्रश्नको उत्तर दिँदै उनले के भने र ? यस्तो छ उनको सम्बोधनको अंश-

मैले किन माओवादी छाडे ?
यहाँ पूर्वमाओवादी साथीहरुले मलाई लेखेर दिनुभएको छ, तपाईंले किन माओवादी पार्टी छाड्नुभयो भनेर सोध्नुभएको छ । काँग्रेसले र एमालेले भ्रष्टाचार गरे, राष्ट्रघात गरे, यिनीहरुले लोकतन्त्रको पनि रक्षा गर्न सकेनन् भनेर हामीले दश वर्षे जनयुद्ध गर्‍यौं । मैले नै ४० सुत्रीय माग ड्राफ्ट गरेर प्रस्तुत गरेको थिएँ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका कार्यक्रम सुत्रवद्धरुपमा त्यहाँ प्रस्तुत गरिएको थियो । त्यसैको आधारमा यहाँसम्मको यात्रा तय गरियो ।

संविधानसभाको चुनावमा सबैभन्दा बढी मत ल्याएर संवैधानिक समितिको सभापति हुनुको नाताले मैले सक्दो मेहनत गरेँ । त्यसमा मलाई गर्व छ । संविधान जारी भइसकेपछि जब यसलाई कार्यान्वयन गर्ने समय आयो, जब देशमा राजनीतिक स्थितिरता कायम गरेर देशमा विकास र समृद्धि दिशामा जाने बेला आयो, त्यतिबेला मैले हेरेँ, मेरा पुरानै माओवादी साथीहरु, नेताहरु कांग्रेस र एमालेलाई पनि उछिनेर भ्रष्टाचारी बनेका छन् । अरबौंको भ्रष्टाचार त्यहाँनेर भएको छ । मैले अहिले यहाँ भन्दा अन्यथा नपरोस् तपाईंहरुलाई । बाहिर त मैले भनेको छैन । मैले भित्रै भनेको छु र अब कयौं रुपले सबैलाई थाहा पनि छ ।

शिविरभित्र कसरी भयो भ्रष्टाचार ?
अरबौंको भ्रष्टाचार, जुन हाम्रा पिएलएका जनमुक्ति सेनाहरु थिए, अरबौं रुपैयाँ दिइएको थियो, मसहित भएर दिएका थियौं । किनकी उनीहरुले जुन त्याग र बलिदान गरे, उनीहरुलाई त्यहाँबाट ९शिविर० पुनस्र्थापना गरिनुपर्दछ भनेर हामीले दिएका थियौं । तर भित्रभित्रै थाहा लाग्यो, त्यो पैसा भित्रभित्रै केही कमाण्डर र प्रचण्डकै नेतृत्वमा सानो मुट्ठीभर कोटेरीले मलाई समेत थाहा नदिइकन उनीहरुले अरबौं रुपैयाँको अपचलन गरे । त्यो कुरा मैले प्रष्टसँग देखेको थिएँ । जब मुद्दा लगाउने कुराहरु आउन थाले, त्यसपछि उनी विदेशी प्रभुका अगाडि झुक्न थाले । किनकी त्यो मुद्दाबाट बचाइदिने शक्ति भनेका विदेशी प्रभुहरु नै थिए । त्यसैले उनी लम्पसार परिसकेका थिए । त्यो मैले त्यहाँ देखिसकेको थिएँ ।

सरकारमा जाँदा, मन्त्री हुँदा पटक पटक किन सञ्चार मन्त्रालय लिइयो रु किनकी टेलिकम्युनिकेसन त्यहीँ छ र त्यहाँ अरबौं रुपैयाँको कमिसनको खेल त्यहाँनेर हुन्छ । प्रचण्डका विश्वासपात्र मान्छे मात्रै किन सधैं सञ्चार मन्त्रालयमा भए रु मैले देखेँ, त्यहाँ त बीस अर्ब रुपैयाँको भ्रष्टाचार भएको थियो । १०–१० अर्ब भागबन्डामा त्यहाँ झगडा पर्यो र म आफैंले थाहा पाएँ । संविधान जारी हुने बेला आउँदै थियो । उनीहरुको भित्री झगडा छताछुल्ल भएर आइरहेको थियो । मैले देखेँ, यो भन्दा डुंगुङ्ती गन्हाउने कुरा के हुनसक्छ । यस्ता मान्छेहरुबाट विकास र समृद्धि सम्भव हुन सक्छ ।

म निस्कुनको एउटा मुख्य कारण यो थियो । वैचारिक, राजनीतिक लगायतका यसअगाडिका कुरा त यसै महत्वपूर्ण छँदै थियो । तर व्यवहारिक रुपमा कांग्रेस र एमालेका नेताहरुलाई समेत उछिनेर अरबौं अरबको भ्रष्टाचार गर्ने र त्यसलाई लुकाउनको लागि विदेशी शक्तिहरुसँग लम्पसार पर्ने र बाहिर चाहिँ राष्ट्रियताका कुराहरु गर्ने र उल्टै तपाईंहरु जस्ता सिधासादा जनताले, जसले केही पनि गरेको छैन, जसको जीवन खुला छ, तिनीहरुलाई बदनाम गरेर भ्रम छर्ने रु यस्तो पाखण्ड देखिसकेपछि यस्ता पाखण्डीहरुबाट देश बन्दैन, देश बनाउने हो भने अब हिम्मत गर्नुपर्छ भनेर मैले आँट गरेँ ।

प्रचण्डले यसरी बेचेका थिए रगतसँग साटेको हतियार
पिएलएका साथीहरुले प्रश्न दिनुभएको छ मलाई । साथीहरु म तपाईंहरुलाई जवाफ दिन सक्छु । चुनौती गरेर तपाईंका नेताहरुलाई भन्नुहोस् । किनकी पिएलएका निम्ति १५ हजारभन्दा बढी योद्धाहरुले जसरी त्याग र बलिदान गर्नुभयो, बन्दुक खोस्दाखेरि म आफैंलाई थाहा छ, लमजुङको विचौर भन्ने चौकीमा सन् २०५८ साल असार २३ गते भर्खर दरबार हत्याकाण्ड भएको एक महिनापछि आक्रमण भएको थियो । त्यहाँ एउटा बन्दुक जोगाउन छ जना योद्धाहरुले सहादत गरेका छन् । एउटा लडाकू ढल्थिन्, अर्कोले गएर उठाउँथिन्, तिनी ढल्थिन् अर्कोले गएर उठाउँथे । ६–६ जना मान्छे ढलेका थिए । त्यसरी ती बन्दुकहरु, ती राइफलहरुको जगेर्ना गरिएको थियो ।

त्यसरी संरक्षण गरिएका बन्दुकहरु के भयो रु मैले आज यो कुरा भन्नुपर्छ, भित्र भनिसकेको छु, बाहिर पिएलएका साथीहरुले प्रश्न सोधेकोले मैले भन्नुपर्छ, तीमध्ये हामीसँग तीनरचार हजार बन्दुक थियो । जब हामी शान्ति प्रक्रियामा आयौं, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, प्रचण्ड र मसँग उहाँको एकचोटि कुरा भयो । हामीले भन्यौं, त्यतिबेला पनि राजनतन्त्र खारेज भइसकेको थिएन, राजा थिए । अनि हामीलाई लाग्यो, फेरि शान्ति प्रक्रिया भंग भयो र राजतन्त्र आयो भने त फेरि अर्को सशस्त्र युद्ध गर्नुपर्ने हुनसक्छ ।

अनि हामीले भन्यौं, ‘गिरिजाबाबु तपाईंले सात सालतिर के गर्नुभएको थियो ? राजतन्त्रको के भरोसा छ ?केहीगरी यत्रो मान्छे सहादत भएर लडेर ल्याएको बन्दुक हामीले अहिले बुझाइदियौं शान्तिप्रक्रिया, तर भोलि गएर राजतन्त्रले फेरि धोका दियो भने के गर्ने ?

गिरिजाबाबुलाई म सम्मान गर्न चाहन्छु । मैले बाहिर पनि भनिसकेको छु । उहाँले ‘ठिक छ, राख्नुहोस् तपाईंहरुले । अलिकति बन्दुक राख्नुस् । यसको ठेगान छैन, जतिबेला गणतन्त्र आउला, त्यतिबेला बुझाउनुहोला । गणतन्त्र नआएसम्म केही बन्दुक राख्नुहोस्’ भन्नुभयो उहाँले । मैले संख्या बिर्सिएँ, ४ सयदेखि ७ सयसम्म बन्दुक लुकाएर राख्यौं ।

पछि जब म प्रधानमन्त्री भएँ, त्यसपछि तपाईंका नेता अहिलेका प्रधानमन्त्रीले एउटा विदेशी खुफिया एजेन्सीलाई सात सय हामीसँग भएको अत्याधुनिक राइफलहरु थिए, उनले बेचेछन् पैसामा । बेचेपछि उनलाई समस्या पर्‍यो । यतै महेन्द्रनगर कहाँ कहाँबाट बाहिर निकाल्नुपर्ने । बाहिर लिएर जानुपर्ने, समस्या पर्‍यो । उहाँले आएर भन्नुभयो, ‘ल प्रधानमन्त्रीजी, समस्या पर्‍यो, तपाईंले सुरक्षा अथवा सेनालाई भनिदिनु पर्‍यो । यतिचाहिँ मैले यसरी बेच्ने भएँ । यसरी तपाईंले बाहिर निकाल्न सहयोग गर्नुपर्‍यो ।’

म खंग्रङ्ग भएँ । लज्ज्ति भएँ । जसका निम्ति यत्रा सहिदहरुले, मेरा छोरीहरुले आफ्नो ज्यान समर्पण गरेर बन्दुक लिएका थिए, एउटा विदेशी खुफिया एजेन्सीलाई आफ्नो देशको कमान्डर भन्ने मान्छेले बेचेर पैसा कमाउन र करोडौं रुपैयाँ लिन मिल्छ रु मिल्दैनथ्यो । मैले मानिनँ । मैले भने, ‘सम्भव छैन ।’ यो कुरा लुक्दैन । कुनै दिन बाहिर आउँछ । यो कलंकले तपाईंलाई खान्छ । म पनि मतियार हुन्छु । हुँदैन । म सक्दिन भनेँ मैले । त्यसो भनेपछि उनी पछि हटे ।

सैनिक संग्रहालयमा छन् ती हतियार
र, त्यसपछि मैले त्यतिबेलाका प्रधानसेनापति छत्रमानसिंह गुरुङलाई ‘ल जर्साब, कुरो यसो छ । गिरिजाबाबु बितेर गइसक्नुभयो । यो कुरा अरुलाई थाहा छैन । प्रचण्ड र मलाई मात्रै थाहा छ । यी बन्दुक छन् । यो तपाईंले कहाँ राख्ने राख्नुस् ।’ अनि उनले भने, ‘हुन्छ हजुर । हाम्रो छाउनीमा सैनिक संग्रहालय छ । त्यहाँ लगेर राख्छु भने ।’ मैले हुन्छ लगेर राख्नुस् भनेँ । अहिले ती बन्दुकहरु छाउनीको सैनिक संग्रहालयमा राखिएको छ । अब भन्नुहोस् तपाईंहरु को देशभक्त रु को क्रान्तिकारी हो भन्नुहोस् । कसले सहिदको सम्मान गर्यो रु तपाईंले छुट्याउनुपर्‍यो । अनि अहिले बाबुराम भट्टराईलाई भनिएको छ, सहिदको अपमान गर्‍यो । पिएलएको अपमान गर्‍यो । छाडेर गयो । अनि छाडेर गयो कि तिनको सम्मानको निम्ति आज बाबुरामले काम गरिरहेको छ ।

मैले पार्टी फुटाएको होइन
यो देशलाई साँच्चिकै राष्ट्रिय स्वाधिनता नबचाउने हो भने यो देशमा विकास र समृद्धि नल्याउने हो भने, गरिबी र बेरोजगारीको अन्त्य नगर्ने हो भने, ६–७ खर्ब बराबरको व्यापार घाटा छ, एउटा सामान्य नुन र तेलसमेत ल्याउन नसक्दिा नाकाबन्दी गरेर घुँडा टेक्नुपरेको अवस्था छ । यसबाट मुक्ति पाउने हो भने हामीले यो देशमा राष्ट्रिय स्वाधीनताको निम्ति देृशलाई आत्मनिर्भर बनाउने कि नबनाउने रु आर्थिक रुपमा सबल बनाउने कि नबनाउने रु देशका युवालाई रोजगारी नदिएर विदेश जाँदासम्म कसरी राष्ट्रिय स्वाधिनताको रक्षा हुनसक्छ रु कसरी साम्यवाद र समाजवाद आउँछ । यही कुरालाई ध्यान दिँदै देशमा एउटा वैकल्पिक शक्ति बनाउनुपर्छ, अब हामीले हिजोका पार्टीहरु भनेर हुँदैन । यी सबै पार्टीहरुभित्र असल मान्छेहरु पनि छन् । खराब मान्छेहरु पनि छन् । समाजमा पनि राम्रा मान्छे छन् ।

त्यसैले म कुनै पार्टी फुटाउनेवाला छैन भनेर म एक्लै निस्केँ । म त्यत्रो हैसियत भएको मान्छे, मैले पनि त गुट बनाएर निकाल्न सक्थेँ होला रु मैले माओवादी टुक्र्याएको त होइन नि रु मैले माओवादीको अंश खोजेको त होइन नि रु म त माओवादी आन्दोलनले एउटा कोर्ष पूरा गर्‍यो, यहाँका नेताहरुले जनतालाई धोका दिँदैछन् । अगाडिको निम्ति अब मैले नयाँ बाटो लिनुपर्छ भनेर म निस्किएँ ।

0 comments

Write Down Your Responses