प्रचण्डको राजीनामा पछि प्रधानमन्त्री बन्लान् त देउवा



जेठ ९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पदबाट राजीनामा दिने निश्चित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई विस्थापन गरी काँग्रेससँग सात बुँदे समझदारी कायम गरेर प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन गरेका थिए । २०७३ साउन १९ गते उनी काँग्रेससँगको ७ बुँदे सहमतिको आधारमा प्रधानमन्त्री नियुक्त भएका थिए । राजनीतिमा अस्थिर र बोलीको ठेगान नभएका नेताको रुपमा परिचित प्रचण्डले काँग्रेससँगको सहमति भने इमान्दारिताका साथ पालना गर्ने देखिएको छ । सत्ताका निम्ति जुनसुकै हतकण्डा अपनाउन तयार हुने काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यो सहकार्य नेपालको राजनीतिक समझदारीको इतिहासमा नयाँ रेकर्ड कायम हुने भएको छ ।

स्थानीय तहको निर्वाचन चैत्र मसान्त भित्र सम्पन्न गरेर शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने सहमति अनुसार उनले पहिलो चरणको स्थानीय निर्वाचन वैशाख ३१ मा सम्पन्न गरेर दोस्रो चरणको निर्वाचनको पूर्वसन्ध्यामा आजै संसदलाई सम्बोधन गर्दै राजीनामा दिने भएको हो । संसदमा भावुक मन्तव्यका साथ राजीनामा दिने तयारी गरेका प्रधानमन्त्रीले आजै विहान मन्त्रि परिषदको बैठक आयोजना गरेर संसदलाई संबोधन गर्ने लिखित मन्तव्य परिमार्जन सहित पारित गरेका थिए । संसदलाई विशेष सम्बोधन गर्दै आफ्नो नेतृत्वको सरकारको पालामा भएका सकारात्मक कामहरुको बारेमा प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने बताइएको छ ।

नेपालको राजीनितिमा आश्चर्यजनक घटनाक्रमको विकास नभए काँग्रेस सभापति शेरबशादुर देउवा अबको २ हप्ता भित्र प्रधानमन्त्री बन्नेछन् ।

0 comments

Write Down Your Responses