सुकुम्बासी संघका अध्यक्ष गिरफ्तार

जेठ १०, सुनसरी । अखिल नेपाल भूमिहिन सुकुम्बासी संघका अध्यक्ष मोहन कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
संघका सुनसरी अध्यक्ष कार्कीलाई बुधबार विहानै ईटहरी मेडिकल सेन्टर सडकमा हिडिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिस्ट पार्टी सुनसरीले जनाएको छ ।
सुनसरी इन्चार्ज प्रज्वलले कार्कीलाई विना कारण गिरफ्तार गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।


0 comments
Write Down Your Responses