नेकपाका सेक्रेटरी र किसान नेता गिरफ्तार

जेठ १०, धनगढी । नेपाल कम्युनिस्ट पार्टीका एरिया सेक्रेटरी र किसान संघ (क्रान्तिकारी) का केन्द्रीय सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।
दुई नम्बर एरिया सेक्रेटरी अशोक क्षेत्री र किसान नेता राम कुँवरलाई मंगलबार कैलालीको सहजपुरबाट विना कारण गिरफ्तार गरेको नेकपा कैलालीले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका कैलालीले गिरफ्तार नेताहरुलाई तुरुन्त रिहाईको माग गरेको छ ।


0 comments
Write Down Your Responses