यि हुन् भएजति अर्काको समाचार चोरेर साप्ताहिक पत्रीका चलाउने राजेन्द्र चिमौरिया

नेपालप्लसका सामाग्रि चोर्ने, सार्ने, कपी पेस्ट गर्ने र पत्रकारीता गर्ने । अर्काले लेखेर सारेको भरमा अनलाइन र पत्रीका चलाउने । पहिलेपनि यसरि धेरैले चोरेका हुन् । चोर्ने क्रम रोकिने कुरो भएन । तर बौद्दिक सम्पत्ती त्यसरि चोरी हुँदा बेमोज लाग्छ । फाट्ट फुट्ट चोरी हुँदासम्म त चुपचाप लागिन्छ नै ।
चोरका पछाडि कुदेर साध्यपनि हुँदैन । तर साप्ताहिक पत्रीकाले एउटै अंकमा चार पाँच वटासम्म लेख रचना सार्ने अनि स्रोत उल्लेख नगरेको देख्दा देख्दै कसरि सहने ? अझ सचेत पार्दा उल्टो तुच्छ बचन बोल्ने । क्षेप्यास्त्र साप्ताहिकले जेठ २९ गते आइतवारको अंकमा नेपालप्लसका चारवटा सामाग्रि चोरेर छापेको छ । स्रोत उल्लेख नभएपछि त्यो चोरी हो कि होइन ? अचम्म त के छ भने चोरी गर्नेलेनै चर्को चर्को स्वरमा चोरीको काम सहि हो भनेर सिद्द गर्न खोज्दै मेल पो लेखे त झन !
अस्ति जुन ९ तारिखमा नेपालप्लसमा ‘आशिर्वाद थाप्न ओली फेरी भारततिर’ शिर्षकको लेख छापिएको छ । नेपालप्लसका सहयोगी विनोद केसीका नाममा नेपालप्लसमा छापिएको त्यो लेखमा स्रोत छैन । लेख छाप्न विनोद केसीसित र नेपालप्लस दुबै सित सोध्न जरुरी परेनछ ।
गर्जन साप्ताहिकले नेपालप्लसबाट चोरेका लेख हेर्नुस-
● आशिर्वाद थाप्न ओली फेरी भारततिर
क्षेप्यास्त्र साप्ताहिकको साइटमा गएर हेर्न यहाँ क्लिक गर्नुस् ।
● एक तिहाइ जिवजन्तु र बनस्पती लोप हुने खतरामा । (नेपालप्लसमा यो लेख अक्टोबर १४, २०१० मा प्रकाशित थियो । त्यो हेर्न यहाँ जानुस् )
● बाँदरको बिहेलाई हात्तीको लस्कर । (नेपालप्लसमा यो लेख १९ फर्वरी २०११ मा प्रकाशित थियो । त्यो हेर्न यहाँ क्लिक गर्नुस्)
● बिदेशी पैसामा पो रैछ ओलीको ब्रुक ब्रुक (शिर्षक बिगारेर ‘ओलीको गर्जनको स्रोत’ बनाइएको । नेपालप्लसमा यो लेख २ जून २०११ मा प्रकाशित थियो । त्यो हेर्न यहाँ क्लिक गर्नुस् )
यो साप्ताहिक पत्रीकाको साइटमा सबै सामाग्रि छैनन् । उनीहरुको पत्रीकामा छापिएको छ र पत्रीका पिडिएफ फाइलका रुपमा मेलबाट पठाएको छ । यो पत्राकाले यसैगरि पहिलेपनि स्रोत उल्लेख नगरि प्रयोग गरेको हो । त्यतिखेरपनि मैले मेल लेखेको थिएँ। एकपटक फेसबूकमापनि साझेदारी गरेको हुँ ।
पत्रीकाका सम्पादक राजेन्द्र चिमौरिया रहेछन् । उनैलाई मेल पठाएको थिएँ मैले । तर उनले कुनै वास्ता गरेनन् । चोरेकै भरमा पत्रीका चल्ने रहेछ के भनुन् बिचरा ! मैले सामाग्री चोरी भएको जानकारी क्षेप्यास्त्रले पत्रीका पठाउने अन्य मेलमा पनि पठाइदिएको थिएँ । तर दुखको कुरो पत्रकारीतामा पनि चोर चोर तिरै मिल्ने रहेछन् सायद । त्यसैले होला सिमा न्युजका सिमा शर्माले उल्टो मलाई जवाफ दिए-” समाचारलाई आफ्नो बपौती नठानी छुद्र ब्याबबहार नगर्दा कसो होला । सम्पादक जस्तो ब्यक्ती ले त्यस्तो छुद्र लेख्दा कतै तपाईं को मानसिक सन्तुलन त ······················”
चोरेर सामाग्रि छाप्नेको समर्थन नगरेकाले त्यस्तै जवाफ दिए किटी न्युज (kitynews) का क्रान्ति र किरन ज्योति भन्नेले- “समाचारलाई आफ्नो बपौती नठानी छुद्र ब्याबबहार नगर्दा कसो होला”
समाचारको स्रोत, समाचार एकै हुन सक्छ । तर हरेक पत्रकार, लेखकको लेखाइ भिन्न हुन्छ । शैली अलग हुन्छ । त्यसैले समाचारको बपौती होइन कि समाचार आफ्नो स्रोत, शैली, आफ्नो धारमा लेखेको आफ्नो हुन्छ । त्यो चोरी गर्नु बौद्दिक चोरी हो । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलकै आचार संहितालेपनि अर्काको सामग्रि पुन प्रयोग गर्दा स्रोत खोल्नुपर्छ भन्ने चोरेर आत्मरतीमा रमाउने क्षेप्यास्त्रका पत्रकारले बुझिदिए राम्रो हुन्थ्यो कि !
चोरीको सामाग्रि ढिलो चाँडो थाह हुन्छ नै । यसरि चोरेर पाठकलाई ठ्गि ठगि किन पत्रीका निकाल्ने ? भए भरका सामाग्रि अर्काकोबाट स्रोत उल्लेख नगरि बौद्दिक ठगी गर्नेले नै पाठकमाथि के न्याय गर्ने ? के दिने ? यस्ता गलत कामको बारेमा पत्रकारलेनै अरुलाई सचेत पार्नुपर्नेमा पत्रकारनै चोरीमा रमाउन लागेपछि कसले खबरदारी गर्ने ?
सामाग्रि उपयोगी, महत्वपूर्ण लागे स्रोत खोल्न के हुने ? लेख्नपनि नजान्ने, समाचारको पहुँचपनि नपुग्ने, मेहनत गर्नपनि नसक्ने तर अर्काको चोरेर महान र जान्ने बन्नु पर्ने ? धन्न छ नेपालको पत्रकारीता । धन्य छन् नेपालका पत्रकार । बौद्दिक चोरहरुमाथि अंकुश लगाउने दिन कहिले आ उला नेपालमा ? जेहोस मैले चाहिँ अबबाट प्रेस अकौन्सिलमा खबर गरिदिने र अरु मेडियालाई जानकारी दिने बानी बसाल्ने भएको छु । ढिलै भएपनि आफ्नै चेत त खुल्यो ।


0 comments
Write Down Your Responses