अमेरिकी गठबन्धन सेवा तथा संस्थाहरुमाथि साइवर हमला


एजेन्सीः अमेरिकाले आणविक बम निर्माण गरेर जापानमा हमला गरेपछि विश्वभरी अमेरिकाका विरुद्ध छापामार प्रतिरोध सुरु भएको थियो । त्यसपछि समाजवादी खेमाको उदय र शितयुद्धपछि दुस्मनको रणनीति पत्ता लगाएर आफूमाथिको आक्रमण सुरुमै विफल पार्ने उद्देश्यले अमेरिकाले ‘साइबर फौज’ को अवधारणा अगाडी ल्यायो । सो फौजले जिवानु हमला गर्ने, ह्याकिङ प्रविधिको विकास गरेको थियो ।

तर पछिल्लो समयमा सो प्रविधि अमेरिकी नियन्त्रण बाहिर पुगेको छ । ह्याकरहरुले अहिले सयौं अमेरिकी र अमेरिकी गठबन्धन सेवा तथा संस्थाहरुमाथि जिवानु हमला गरिरहेका छन् । अमेरिकी गठबन्धनले कहिले चीन, कहिले रुस र कहिले उत्तरकोरियामाथी त्यसको आरोप लगाउने गरेको छ । त्यसप्रकारको हमलामा गैरसंगठित समूह पनि भएको देखिन्छ ।

त्यसप्रकारको आक्रमण परमाणु भट्टीमाथि भयो र सुरक्षा प्रणाली भक्तियो भने के होला ? भन्ने प्रश्नले विश्व भयानक त्रास र तनावतिर धकेलिइरहेको छ । अमेरिकी चुनावमा नै ह्याकरहरुले अमेरिकी सूचना प्रणालीमाथी चुनौती खडा गरेका थिए । भार्इरस हमलाका कारण अमरिकी वर्चस्व खस्कँदै गएको छ ।

0 comments

Write Down Your Responses