पाँचथर इन्चार्ज सहित ४ जना गिरफ्तार

जेष्ठ ४, विर्तामोड । नेपाल कम्युनिष्ट पार्टीका पाँचथर जिल्ला इन्चार्ज सौगात आचार्य सहित ४ जनालाइ प्रहरीले बुधवार फिदिमबाट गिरफ्तार गरेको छ ।
सदरमुकाम फिदीमबाट बुधवार दिउसो ३ बजे गिरफ्तार गरिएका आचार्य सहित ४ जनालाइ बिनासर्त रिहाइका लागी नेकपा मेचीका ब्युरो इन्चार्ज सुमनले माग गर्नुभएको छ । बिनासर्त रिहाइ नगरिए आवस्यक संघर्षका कार्यक्रम अगाडी बढाइने उहाँले बताउनुभयो ।


0 comments
Write Down Your Responses