राजधानीका दुई डन एउटै खोरमा

जेठ ४, काठमाडौं । एक अर्काका नामी दुस्मन राजधानीका २ डनहरु एउटै कोठामा सुत्न बाध्य छन् । डन राजिव गुरुङ् उर्फ दिपक मनाङ्गे र चक्रे मिलनलाई एउटै कोठामा सुत्ने संयोग मिलाईदिएको चाही महानगरीय प्रहरी परिसर काठमाडौंले हो । स्थानीय तहको निर्वाचनमा हुलदुंगा गरेर निर्वाचन विरोधी गतिविधि गर्ने आशंकामा प्रहरीले मनाङ्गेलाई बैशाख २४ गते ठमेलबाट पत्राउ गरेको हो भने त्यसको २ दिनपछि बैशाख २६ गते चक्रेलाई पनि प्रहरीले एउटै अभियोगमा पक्राउ गरेको हो । कट्टर दुस्मनका रुपमा परिचित यि दुई डनहरु काठमाडौं प्रहरी परिसरको टेकुको नेशनल ट्रेडिङ भवनको तल्लो तलाको पूर्वतिरको हिरासत कक्षमा आ–आफ्नो ओछ्यान लगाएर सुतिरहेका छन् । तर दुबै जना एकै हिरासत कक्षमा रहेपनि एक–अर्काबीच बोलचाल छैन । शुक्रबार साप्ताहिकबाट


0 comments
Write Down Your Responses