अमेरिका र भारतलाई एक्लाउदै चीनद्धारा विश्वको ठूलो आर्थिक परियोजना ‘वेल्ट एन्ड रोड इनसिइटिभ’ फोरम सम्पन्न



एजेन्सी/चीनको निकै ठूलो र महत्वकांक्षी परियोजना ‘वेल्ट एन्ड रोड इनसिइटिभ’को दुई दिने विश्व अन्तराष्ट्रिय फोरम सोमबार सम्पन्न भएको छ ।

राजधानी बेइजेनमा दुई दिनसम्म चलेको सो फोरमा १३० देशको प्रतिनिधित्व र ३० देशका मुख्य कार्यकारी नेताहरु उपस्थित रहेको वेल्ट एन्ड रोड इनसिइटिभ फोरम विश्वको आर्थिक विकासका लागि महत्वपूर्ण कोसेढुंगा हुने विश्वका नेताहरुले बताएका छन् ।

अमेरिका र भारतजस्ता दुई ठूला देश छुटेको यो फोरमले अरु सारा विश्वलाई एक ठाउँमा लिएर विश्व अर्थतन्त्रको नेतृत्व गर्ने अर्को ठूलो महत्वकांक्षी परियोजना बोकेको छ ।

चिनियाँ समाचार एजेन्सीहरुका अनुसार विश्वको दुई तिहाई भुभाग ओगट्ने मुलुक सहभागी भएको यस फोरमले सिंगो विश्वलाई नेतृत्व गर्ने बुझिएको छ ।

ब्रिक्समा रहेका भारतबाहेक सबै मुलुकहरु सहभागी भएको, युरोपका र अफ्रिकाका करिब सबै मुलुक सहभागी भएको यो फोरममा विश्वको ९० प्रतिशत आर्थिक योगदान गर्ने मुलुक रहेको चिनियाँ पत्रिका पिपुल्स डेलीले बताएको छ ।

ओविओरलाई सम्वोधन गर्दै चिनियाँ राष्ट्रपति सि

रुसजस्ता शक्तिशाली मुलुकको सहभागिता रहेको सो फोरममा अन्तराष्ट्रिय मुद्रा कोषकी डाइरेक्टर, विश्व ब्यांकका प्रमुखकको पनि उपस्थिति रहेको थियो ।

यस फोरमबाट ६८ देशले चीनसँग व्यापारिक सम्झौतामा हस्ताक्षर समेत गरेका छन् । सन् २०१३ देखि संचालनमा आरम्भ भएको वेल्ट एन्ड रोड इनसिइटिभले खबौ रकम बिनियोजन गरेको छ ।

त्यसका लागि अहिले चीनले वेल्ट एन्ड रोड इनसिइटिभमा इन्फ्राइस्ट्रचरका लागि भनेर १।२ ट्रिलियन डलर लगानी गरेको छ । यसको कुल खर्च ४ ट्रिलियन अर्थात् चार हजार खर्ब अमेरिकी डलर लाग्ने बताइएको छ ।

अमेरिका अहिले विश्वको २२ ट्रिलियन अमेरिकी डलरसहित अमेरिकापछिको दोस्रो ठूलो देश हो । यो दुई वर्ष अगाडिको प्रक्षेपण हो । तर अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार अहिले अमेरिकालाई उछनेर चीन अगाडि बढिसकेको छ ।

,

0 comments

Write Down Your Responses