कांग्रेसको उम्मेदवार चयनमा विवाद, केन्द्रीय कार्यालयमा कुटाकुट

बैशाख १९, काठमाडौं । काठमाडौं महानगरपालिका लगायतका स्थानीय तहमा उम्मेदवार चयन गर्दा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै पौडेल पक्षसँग विवाद भएपछी कुटाकुट भएको हो ।कृष्ण सिटौलालाई भागबण्डामा सामेल गरेको भन्दै रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

जिल्लाबाट आएको सिफारिसलाई केन्द्रमा उल्ट्याएको आरोप लगाउँदै पौडेलले आपत्ति जनाएका हुन् । यता काठमाडौंको टिकट वितरणमा प्रकाशमान सिंहले मनपरि गरेको भन्दै भिमसेनदास प्रधान पक्षले पार्टी कार्यालयमा नाराबाजी गरेको छ ।

काठमाडौं कांग्रेसका पूर्वसभापति तथा सांसद प्रधानसँगै गएका एक हुल युवाले नाराबाजी गर्नुको साथै प्रकाशमान निकट एक कार्यकर्ता अनिल श्रेष्ठलाई कुटपिट गरेपछि तनाव सिर्जना भएको थियो । श्रेष्ठलाई चक्कु प्रहार गर्न खोज्दा प्रहरीले जोगाएको प्रत्यक्षदर्शीले बताए ।

ललितपुर, भक्तपुर, धादिङ, चितवन लगायतका जिल्लामा सभापति देउवाले जिल्लाको सिफारिस विपरित टिकट दिएको भन्दै पौडेलले आक्रोश व्यक्त गरेका थिए । पौडेलले पत्रकारहरुसँग भने सभापतिजी तानाशाही शैलीमा अघि बढ्नुभयो ।

देउवाले चितवनमा टेकप्रसाद गुरुङलाई टिकट नदिई कृष्ण सिटौला समूहका दिनेश कोइरालालाई दिएकोमा पौडेलले असहमति जनाएका थिए । त्यस्तै ललितपुरमा पनि अरुको कुरै नसुनी देउवाले आफ्नो गुटका चिरिबाबु महर्जनलाई टिकट दिएकोमा पौडेलको आपत्ति रहेको छ ।

0 comments

Write Down Your Responses