विप्लव नेतृत्वको केन्द्रीय नेता विष्णुकुमार महर्जन “नारायण” गिरफ्तार

बैशाख २१, ललितपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता विष्णु कुमार महर्जन “नारायण” लाई बिहिबार दिउँसो १२ बजे विनाकारण प्रहरीले गिरफ्तार गरेको छ ।

किर्तीपुरको नयाँ बजारमा हिँडिरहेको अवस्थामा उहाँलाई प्रहरीले गिरफ्तार गरि महानगरीय प्रहरी वृत्त टेकुमा राखिएको छ ।

प्रचण्ड नेतृत्वको सरकार आतंकित हुँदै नेकपाका नेता तथा कार्यकर्ताहरुलाई देशैभरी विनाकारण प्रहरीले गिरफ्तार गर्ने क्रम बढेको छ ।

0 comments

Write Down Your Responses