निधीको राजीनामा फिर्ता, आजैदेखि गृह मन्त्रालय सम्हाल्ने

बैशाख २१, काठमाडौं ।
विमलेन्द्र निधीले उपप्रधान तथा गृहमन्त्री पदबाट दिएको राजीनामा फिर्ता लिई आजैदेखि मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
प्रचण्ड र देउवाले निर्वाचन सफल पार्नु पर्ने भन्दै राजीनामा फिर्ता लिएर काममा फर्कन आग्रह गरेपछि उनले राजिनामा फिर्ता लिएका हुन् ।
बुधबार राति अबेरसम्म कांग्रेसका शीर्ष नेताहरुबीच गृहमन्त्रीबारे छलफल भएको थियो । छलफलमा सभापति देउवाले निधीलाई राजीनामा फिर्ता लिएर गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए ।
सोही आग्रह लिएर देउवा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग दर्ता भएपछि निधीले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
यसअघि उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापा दोस्रो बसियतामा थिए । तर, राप्रपाले सरकार छाडेकाले अब निधी प्रचण्ड सरकारमा दोस्रो वरियतामा रहनेछन् ।


0 comments
Write Down Your Responses