देशमा २० हजार पुरुष वेश्या

नेपालमा २ लाख यौन व्यवसायी छन् । जस मध्ये २० हजार पुरुष यौन व्यवसायी रहेको सरकारी तथा विभिन्न सामाजिक संघ संस्थाको अध्ययनले देखाएको छ । पुरुष यौन व्यवसयी बारे नेपाली समाज प्राय अनभिज्ञ रहेपनि महिलाको यौन सन्तुष्टि पुरा गरिदिए बापत हजारौं रकम लिने पुरुष यौन व्यवसायि ठूलो संख्यामा रहेको खुलासा भएको छ ।
सरकारी तथ्यांकमै २० हजार ६ सय ४२ पुरुष यौनकर्मी
स्वास्थ्य विभाग अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले गरेको पछिल्लो अध्ययनले पनि पुरुष यौनकर्मीको संख्या २० हजार ६ सय ४२ देखाएको छ । केन्द्रका अनुगमन तथा मुल्यांकन शाखाका संयोजक उपेन्द्र श्रेष्ठले नेपालमा २ लाख भन्दा बढि यौन कर्मी देखिएको र त्यसमा पनि शहरमा मात्र नभइ विभिन्न सिमाक्षेत्र, राजमार्ग तथा ग्रामिण क्षेत्रमा समेत यौनकर्मी देखिन थालेकोले सरकारले सचेतनाको कार्यक्रम गरिरहेको बताए । उनले भने महिला यौनकर्मी नेपाल धेरै मात्रामा छन् भन्ने कुरा नयाँ होइन । तर पछिल्लो अध्ययनले पुरुष तथा समलिङ्गी, तेस्रो लिङ्गी यौन व्यवसायीको संख्यामा समेत बढ्दो क्रममा रहेकाले केन्द्रले विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ । उनका अनुसार केन्द्रले विवीसी अर्थात् बिहेवियर चेन्ज कम्युनिकेशन कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत कण्डम प्रयोगबारे सचेतनाका कार्यक्रम, कण्डम वितरण तथा एच आई भी एड्स बारे जनचेतनामुलक कार्यक्रम केन्द्रले गर्दै आइरहेको छ ।
५५ वर्षीय प्रोफेसर पुरुष यौन व्यवसायी
सुन्दा अनौठो र काल्पनीक जस्तो लाग्ने यस्ता घटना नेपाली समाजमा पछिल्लो समय बढिरहेको पाइएको छ । ५५ वर्षीय एक जना वृद्ध प्रोफेसर जो पैसा लिएर विभिन्न महिलाको यौन सन्तुष्टी पुरा गरिरहेका छन् ।
रक्षा नेपालकी अध्यक्ष मेनुका थापाका अनुसार काठमाडौंको एक प्रतिष्ठित कलेजमा पढाउने प्रोफेसर उनको सम्पर्कमा छन् । जो यौन व्यवसायबाट आफुलाई अलग गर्न चाहन्छन् । तर उनी सकिरहेका छैनन् । अहिले उनी रक्षा नेपालकै सम्पर्कमा साइकोलोजिकल ट्रिटमेन्ट गराइरहेका छन् । स्रोतः गज्जव साप्ताहिक


0 comments
Write Down Your Responses