प्रचण्डलाई झड्का



बैशाख ३१, हुम्ला ।  स्थानीय तहको निर्वाचन मतदानकै दिन माओवादी केन्द्रका वडा अध्यक्षका उमेदवारसहित सिंगो समितिले विद्रोह गरेको छ । हुम्लाको सर्केगाड–१, जयरमा माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार राम रावतसहित सिंगो समितिले पार्टी परित्याग गरेको हो ।

माओवादी केन्द्रको हुम्ला जिल्ला पार्टीले गाउँपालिकास्तरमा एमालेसँग तालमेल गर्ने निर्णय गर्दै जयरमा पनि एमाले उमेदवारलाई मतदान गर्न ह्वीप जारी गरेपछि विद्रोह गरेको हो । माथिल्लो समितिले तल्लो समितिलाई पेल्ने रणनीति लिएपछि आफूहरुले विद्रोह गर्नुपरेको गाउँ समिति अध्यक्ष तीर्थ बुढाले बताए ।

0 comments

Write Down Your Responses