एमाले र राप्रपावीच तालमेल, काठमाडौं र ललितपुर महानगरको मेयरमा एमाले, उपमेयरमा राप्रपा

बैशाख १९, काठमाडौं ।
उपत्यकाभित्रका दुईवटा महानगरपालिका काठमाडौं र ललितपुरमा नेकपा एमाले र राप्रपावीच चुनावी तालमेल भएको छ ।

दुर्इ पार्टीबीच उम्मेदवारी दर्ताको दिन आकस्मिक रुपमा चुनावी तालमेलको समझदारी भएको हो । काठमाडौं महानगरको उम्मेदवार छनोटका लागि एमाले नेताहरु छलफलमा जुटिरहेका बेला राप्रपा अध्यक्ष कमल थापा चुनावी तालमेलको प्रस्ताव लिएर पुगेका थिए ।

बैठकमा दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिने सहमति भएको छ । यो सहमति अनुसार एमालेले काठमाडौंमा विद्यासुन्दर शाक्यलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा उम्मेदवारी नै दिएन ।

राप्रपाले शाहीकालका मेयर राजाराम श्रेष्ठलाई उपमेयरको उम्मेदवार बनाएको छ । उनी मेयर लड्ने तयारीमा थिए ।

एमालेले ललितपुरमा हरिकृष्ण व्यञ्जनकारलाई मेयरको उम्मेदवार बनाएको छ । उमपेयरको उम्मेदवारी दर्ता गरिएको भएपनि तत्काल नै फिर्ता लिएको छ । राप्रपाले उपमेयरमा बाबुकाजी थापालाई उम्मेदवार बनाएको छ ।

0 comments

Write Down Your Responses