बैशाख २०, काठमाडौं ।
बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनका लागि उमेदवार मनोनयन समपन्न भैसकेको छ । योसँगै आम मतदातासँग कस्तो प्रचार शैलीमा आउछन् त्यो सबको चासोको बिषय बनेर रहने गर्दछ । त्यसकालागि दलका उमेदवारले के कति खर्च गर्न पाउने भनेर निर्वाचन आयोगले चैत २८ गतेनै खर्चको सिमा तोकिसकेको छ । गाउँ पालिकाका वडा सदस्यले १ लाख ५० हजार, सबैभन्दा बढि महानगर प्रमुख र उपप्रमुखले ७ लाख ५० हजार, वडा सदस्यले खर्च २ लाख, उपमहानगरका प्रमुख र उपप्रमुख ले ५ लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरेको छ । नगरपालिकाको हकमा प्रमुख र उपप्रमुखले ४ लाख ५० हजार, सदस्यले २ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । गाउँ पलिका प्रमुख र उपप्रमुखले ३ लाख ५० हजार, वडा प्रमुखले १ लाख ५० हजार खर्च गर्न पाउनेछ्न । त्यसबाहेक जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखले २ लाख ५० हजार र सदस्यले १ लाख खर्च गर्न पाउने छ्न । उमेदवारले मतदाता नामवली, खरिद,,सवारी साधन र घोडा इन्धन र दाना प्रचार सामग्री ढुवानस्, कार्यकर्ता परिचालन, कार्यलय सञ्चालनमा खर्च गर्न पाउने छन् भनी सिमा तोकिएको छ ।
उमेदवारले के कति खर्च गर्न पाउने


0 comments
Write Down Your Responses