प्रचण्ड र बैद्यलाई छाड्दै विप्लबतिर ओइरो

बैशाख  २०, काठमाडौ ।
चुनावी माहोलको रमझममा व्यस्त रम्दै प्रचारप्रसारमा जुटेर जनताको घर दैलोमा भेटिनुपर्ने माओवादी केन्द्र र क्रान्तिकारी माओवादीका नेताकार्यकर्ताहरु पार्टी छोड्दै बिप्लबले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा एकता बद हुन थालेका छन् ।

हिजो मंगलबार माओवादी केन्द्रका पोलिट व्यूरो सदस्य श्याम बहादुर अटलले कम्युनिस्ट निष्ठा, आदर्श बेचेर खाने नव धनाढ्यहरु भाई एमालेमा परिणत भएको भन्दै माओवादी केन्द्र छाडि नेपाल कम्युनिष्ट पार्टीमा एकतावद्ध भएका छन् ।

पर्वत कार्यक्षेत्र भएका माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण बहादुर वि.क (मुक्ति) ले दलालहरुको सत्ता स्थापित गर्न जनताका सपना छाड्दै संसदीय व्यवस्था मजबुद बनाउन गएका कारण जनताको सपना पुरा गर्न एकीकृत जनक्रान्तिको बाटोमा अघि बढ्ने भन्दै प्रेस विज्ञप्ती मार्फत् नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध भएको जनाएका छन् ।

यसैगरी क्रान्तिगर्ने भन्दै अकर्मण्यतामा फसेको जनाउँदै क्रान्तिकारी माओवादीबाट थारुवान राज्य समिति सतिवालय सदस्य खम्बु चन्द सहित समिर यात्री, गणेश के।शी। र यज्ञ बहादुर डाँगीले क्रान्तिकारी माओवादी छोड्दै नेपाल कम्युनिस्ट पार्टीमा समावेश भएका छन् ।

0 comments

Write Down Your Responses