जुम्लाको सिंजामा दुईवटा शक्तिशाली बम विस्फोट, ८७ मतदान केन्द्र बने अति संवेदनशील



बैशाख ३०, काठमाडौं । जुम्लाको सिंजामा शक्तिशाली बम विस्फोटपछि त्यहाँको सुरक्षा चुनौतीमा थप संकट आइपरेको छ ।

सिंजा गाउँपालिकाको एक मतदान केन्द्रमा शनिबार विहान ३ बजे शक्तिशाली दुईवटा बम विस्फोटपछि स्थानीय जनजीवन आतंकित बनेको र सुरक्षा चुनौती थपिएको डीएसपी गुरु विष्णु काफ्लेले बताएका छन् ।

शक्तिशाली बम विस्फोटपछि निर्वाचनमा खटिएका सरकारी कर्मचारी र मतदाताहरु निकै आतंकित भएको बताइएको छ ।

यसैबीच जुम्ला जिल्लाभित्र झण्डै एक सयवटा निर्वाचन मतदान केन्द्रहरु अति संवेदनशील रहेको सुरक्षाकर्मीहरुले बताएपछि त्यहाँ थप सुरक्षाकर्मी थपिएको अधिकारीहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses