जताततै बम विष्फोट



बैशाख ३०, मकवानपुर । बैशाख ३१ गते हुन गइरहेको स्थानीय चुनावलाई लक्षित गरेर मकवानपुर, मनहरीका २ स्थान, फाखेलमा १ स्थान, हात्तीसुँढेमा १ स्थान र पालुङका ३ स्थानमा शक्तिशाली बम विष्फोट भएका छन् ।

कैलालीको धनगढी, स्याङजा, तनहुँको दमौलीमा बम विष्फोट भएका छन् भने तनहुँकै भीरकोटमा एक यात्रुवाहक बाहनमा आगजनी भएको छ ।

त्यस्तै चितवनको भरतपुर बस विसौनी र पोखराको सभागृहमा बम विष्फोट भएको खबर छ ।

त्यसैगरी पोखराकै लेक साइटस्थित निर्वाचन कार्यालयमा भएको विष्फोटका कारण कार्यालयको पर्खाल ढलेको छ भने घरमा क्षती पुगेको छ ।


0 comments

Write Down Your Responses