तनहुँको भिरकोट मतदान केन्द्रमा चुनाव हुन सकेन

बैशाख ३१, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका ४ भिरकोट स्थिति मतदान केन्द्रमा काग्रेस र एमाले का कार्यकर्ता को विवाद्का कार्ण अहिलेसम्म मतदान हुन सकेको छैन ।
नेपाली कांग्रेसले सवारी साधनको दुरुपयोग गर्दे मतदाता ओसारपसार गरेको भन्दै एमाले कार्यकर्ताले मतदान केन्द्रमा अवरोध गरेका हुन् । कांग्रेसले कार्यकर्ता ओसारपसार गरेको आरोप एमाले कार्यकर्ताले लगाएपछि दुई पार्टीबीच विवाद हुँदा मतदान हुन नसकेको हो ।
कांग्रेसले भने निर्वाचन आयोगसँग अनुमति लिएर अशक्तलाई सवारी साधनमा मतदान केन्द्रमा पुर्याएको बताएको छ । कांग्रेस गाउँपालिका अध्यक्ष राजिन्द्र कृष्ण श्रेष्ठले आयोगको अनुमतिमा अशक्तलाई मात्र सवारी साधानमा ल्याइएको बताउनु भयो ।
उक्त केन्द्रमा मतदान सञ्चालन गर्न दुई पक्षबीच वार्ता भइराखेको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।


0 comments
Write Down Your Responses