चितवनमा माओवादी केन्द्रका उम्मेदवार कम्युनिस्ट पार्टीको नियन्त्रणमा, मतदान स्थगन हुने

बैशाख ३१, चितवन । चितवनमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले माओवादी केन्द्रका उम्मेदवारलाई नियन्त्रणमा लिएका छन् ।

कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले राप्ती नगरपालिका वडा नं ९ का माके उम्मेदवार प्रेमबहादर रिमाललाई राति २ बजे आफ्नो नियन्त्रणमा लिएका हुन् ।

उम्मेदवार नै कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेपछि त्यो ठाउँमा निर्वाचन हुने कि नहुने भन्नेबारे कांग्रेस, एमाले र माओवादी केन्द्रबीच विवाद चर्किएको छ ।

माओवादी केन्द्रले मतदान स्थगन गर्ने प्रस्ताव राखेको छ भने कांग्रेस र एमालेले आजै मतदान गर्नै पर्ने बताएपछि तीव्र विवाद चर्किएको छ ।

0 comments

Write Down Your Responses