बानियाटार पुलमा बम भेटियो, डिस्पोजल टोली घटनास्थलमा
बैशाख ३१, काठमाण्डौ । काठमाडौंको बानीयाटार पुलमा बम भेटिएको छ । शंकास्पद बस्तु भेटिएको भन्दै स्थानियबासीले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरी टोलीले आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
गोङगबु आसपास पनि सुरक्षा व्यवस्था कडा पारिएको जनाईएको छ ।
घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पुगेको जनाईएको छ । निर्वाचन सुरु हुन लाग्दा बम भेटिएपछि सो क्षेत्रका स्थानिय त्रसित बनेका छन् ।



0 comments
Write Down Your Responses