प्रेसमाथि धावा बोल्दै सरकार
बैशाख २५, काठमाडौं । प्रहरीले रातो खबर साप्ताहिकको बागबजारस्थित कार्यालयमा घेरा हालेर आतंक सिर्जना गर्न खोजेको छ ।
साथै इरातोखबर अनलार्इनका वेव डेभलपर चुडामणी श्रेष्ठको घरमा प्रहरीको एक टोली भ्यानसहित पुगेर उनी र उनको परिवारलार्इ मनोवैज्ञानिक त्रास देखाएको छ । उनीमाथि अनावश्यक सोधपुछ समेत गरेको छ ।
त्यसैगरी प्रहरीको टेकुस्थित सीआइबीका असर्इ बताउने ध्रुब केसीले रातो खबर साप्ताहिकका निर्देशक तथा लेखक अनिल शर्मा विरहीलार्इ फोन गरेर तर्साउने प्रयास गरेका छन् ।
संविधानले प्रदान गरेको प्रेस स्वतन्त्रताको अधिकार माथि ठाडो हस्तक्षेप गरेर र पत्रकारहरुलार्इ समेत त्रास देखाएर प्रचण्ड सरकारले आफ्नो निरङ्कुश चरित्र देखाएको छ ।
कलमबाट त्रसित भएर प्रेसमाथि गरिएको ठाडो हस्तक्षेपप्रति कडा आपत्ती जनाउँदै प्रचण्ड सरकारले गरेको यो हर्कत तत्काल रोक्न माग गर्दछौ ।
साथै नेपालका सबै पत्रकार संघ संगठनलार्इ यो हस्तपक्षेपका विरुद्ध आवाज उठाउन आग्रह पनि गर्दछौ ।


0 comments
Write Down Your Responses