गोरखामा एक बोरा सकेट बम फेला पर्यो, डिस्पोजल टोली घटनास्थलमा
बैशाख २५, गोरखा । गोरखामा आज बिहान एक बोरा सकेट बम फेला परेको छ ।
सुलिकोट गाउँपालिका–३ स्वारांथलामा पर्ने जंगलमा आज ढुंगाको ओडारमुनि राखिएको अवस्थामा एक बोरा सकेट बम फेला परेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।
ओडार मुनि बोरामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै पुगेको प्रहरीको टोलीले बम फेला पारेको उहाँले बताउनु भयो ।
सकेट बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्दैछ । सकेट बम फेला परेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses