सम्पर्क मंचका महासचिव र रसुवाली कवि गिरफ्तार


बैशाख २७, काठमाडौं । नेपाल जनगणतान्त्रिक केन्द्रीय समन्वय समितिका महासचिव हिरा शाहीलाई प्रहरीले काठमाडौंबाट गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी निकट रहेको उक्त संगठनका महासचिव शाहीलाई बागबजारस्थित कार्यालय जाँदै गर्दा बाटोमा हिंडिरहेको अवस्थामा पुतलिसडकबाट गिरफ्तार गरिएको हो ।

त्यस्तै रसुवाली कविलाई पनि बागबजारमा हिंडिरहेको अवस्थामा प्रहरीले बिनाकारण गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ ।

शान्तिपुर्ण तरिकाले तीन महिने एकिकृत जनजागरण तथा प्रतिरोध अभियान संचालन गरिरहेको कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई प्रहरीले पछिल्लो समय बिना कारण गिरफ्तार गर्ने कार्यलाई तिब्र बनाएको छ ।

0 comments

Write Down Your Responses