लेखकीय स्वतन्त्रतामाथिको हस्तक्षेप बन्दगर्न ध्यानाकर्षण

बैशाख २७ काठमाडौ । नेपाल पत्रकार महासंघले देशभर पत्रकारको लेखकीय स्वतन्त्रतामाथी राज्यबाट भैरहेको ज्यादतिको घटनाप्रती गम्भिर  ध्यानकर्षण भएको जनाएको छ । बुधबार  महसंघका केन्द्रीय सचिव प्रभात चलाउनेले एक प्रेश विज्ञप्ती जारि गर्दै बैशाख ११ गते ललितपुर नखिपोटमा फोटो पत्रकार अजय देशार माथी भएको आक्रमणको दोषी माथि कारबाहीको माग समेत गरेका छन् ।

पर्वतका पुर्व उपाध्यक्ष नव दृष्टि अनलाइनका पत्रकार गोपाल जि. सी., रोल्पाका पत्रकार महासंघका प्रदेश पार्शद् पुष्ट्मान घर्ती मगरको गिरफ्तारीको विरोध जनाएका छन् । जि.सी. लाई बैशाख २१ गते र घर्तीलाई २५ गते गिरफ्तार गरेको जनाएका छन् । राजधानीका केही अनलाइन माध्यम आवद्द पत्रकार लाई धम्काइएको जनाउँदै अनाहकमा पत्रकारहरु लाई दुःख नदिन सरकार लाई आग्रह समेत गरेको छ ।


0 comments

Write Down Your Responses