कारबम हमलामा ३४ को मृत्यु ६० घाइते
अफगानिस्तानको हेल्मण्ड प्रान्तको लश्कर गाहमा भएको एउटा कारबम विस्फोटनमा ३४ जनाको ज्यान जानुकासाथै ६० जना अरु घाइते भएका छन् । हेलमण्ड प्रान्तको राजधानी समेत रहेको सो शहरको एउटा ब्यांक अगाडी सो विस्फोट भएको थियो । विस्फोटका बेला मानिसहरु आफ्नो तलब झिक्न सो बैंक अगाडी लामबद्ध रहेका थिए । हेल्मण्ड प्रान्तमा आक्रामक अवस्थामा रहेको तालेवानले सो हमला आफूले गराएको दावी गरेको छ।
ब्यांक
अफगान प्रहरीले बीबीसीसंग कुरा गर्दै लश्कर गाहस्थित न्यू काबुल ब्यांकको प्रवेशद्वारमा उक्त कारबम विस्फोट गराइएको बताएको छ । हताहति हुनेहरुमा गैरसैनिक र सुरक्षा सैन्यका सदस्यहरु पनि रहेका बताइएको छ । लश्कर गाहस्थित अस्पतालका प्रमुख मौलादाद तावेदारले बीबीसी अफगान सेवासंग कुरा गर्दै हताहत हुनेहरुको संख्या बढ्न सक्ने बताएका छन् ।
किनमेल
अफगानिस्तानको प्रमुख कार्यकारीका एकजना प्रवक्ताका अनुसार उक्त घटनाका धेरैजसो पिडितहरु आगामी हप्ताको ईद पर्वका लागि किनमेलमा व्यस्त रहेकाहरु छन् । अफगानिस्तानमा हालै वर्षहरुमा गैरसैनिक र सैनिकहरुले आफ्नो मासिक तलब बुझ्ने ब्यांकका भवनहरुमा बारम्बार आक्रमण भैरहेको छ । बीबीसीमा समाचार छ ।




0 comments
Write Down Your Responses