असार १३ गते प्रदेश बन्द



असार ११, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले दोस्रो चरणको चुनाव हुने प्रदेश बन्दको घोषणा गरेको छ ।

चुनाव खारेजी अभियान सञ्चालन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टीले दोस्रो चरणको निर्वाचनको अघिल्लो दिन असार १३ गते दोस्रो चरणको चुनाव हुने प्रदेश १, ५ र ७ नम्बर प्रदेश बन्दको घोषणा गरेको हो ।

नेकपाका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै सो घोषणा गर्नु भएको हो ।

0 comments

Write Down Your Responses