निर्वाचन कार्यालयमा आक्रमण

असार ११, विराटनगर । आइतबार विहानै विराटनगर ५ मा रहेको निर्वाचन कार्यालयमा बम विष्फोट भएको छ । बम विष्फोटबाट सो कार्यालयमा क्षति पुगेको समाचार प्राप्त भएको छ ।

त्यसैगरी उर्लावारी नगरपालिकाका मेयर पदका उमेदवार खड्ग फागुका घरमा बम राखिएको समाचार आएपछि सेनाको एउटा टोलि बम निष्कृय पार्न घटनास्थलतिर गएको छ ।

उता धरान उपमहानगर पालिकामा नेकपा (एमाले) को एक टोली पार्टीका बरिष्ठ नेता माधव नेपालसहित चुनाव प्रचारमा हिडिरहेको बेला नेकपाका कार्यकर्ताले अवरोध गरेका छन् ।

आइतबार विहानै विराटनगर, उर्लाबारी, धरान, इटहरीलगायतका स्थानमा चुनाव खारेजी अभियान सफल पार्न भन्दै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले यत्रतत्र बम विष्फोट र आक्रमण गरेका छन् ।


0 comments

Write Down Your Responses