विप्लवको विद्यार्थी संगठनद्वारा दर्जनौं स्कूलमा तालाबन्दी

असार ८, काठमाडौं । नेकपा निकट अखिल क्रान्तिकारीले नीजि विद्यालयले विद्यार्थी र अभिभावकबाट चर्को शुल्क लिएको भन्दै बिहीबार उपत्यकाका दर्जन बढी विद्यालयमा तालाबन्दी गरेको छ । 

केही दिन अघि पत्रकार सम्मेलन गरि संर्घषको कार्यक्रम घोषणा गरेको क्रान्तिकारीले काठमाडौंको मेरिडियन स्कूल लाजिम्पाट, त्रियोग स्कूल सामाखुसी, साउद वेस्टर्न स्कूल बसुन्धारा, फोलिरसेन्ट स्कूल  गोगबु, लोयल्टी डेपोडिल रिलायन्स एपेक्स काष्ठमण्डप, भि.एस. निकेतन पाठशााला ग्यालेक्सी, के.एम.सि. प्यारागनमा प्रिन्सिपलको कार्यकक्षमा तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवीन केसीले जानकारी दिनुभयो । 

यसैगरी ललितपुरमा युलियन स्कूल, प्रिमिएर स्कूल खुमलटार, लिटिल एञ्जल्स हात्तिवन, जेएम्स स्कूल सानेपा, युनाइटेड स्कूल सातदोबाटोमा तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य जि.पि. चौलागाईंले जानकारी दिनु भयो । 

आन्दोलन आर्थिक लेनदेनमा गएर टुङ्गीने हो कि भन्ने आम अविभावक चिन्ता रहेको जनाउँदै चौलागाईंले भन्नुभयो– नीजि विद्यालयले चर्को शुल्क लिएर आम विद्यार्थी र अविभावकको ढाड सेक्ने काम गरेको छ, त्यो फिर्ता नहुन्जेल आन्दोलन नरोकिने बताउनु भयो ।

0 comments

Write Down Your Responses