आयुर्वेदको नाममा बाबा रामदेवको ठगी धन्दा

असार ८, काठमाडौं । भारतीय योग गुरु रामदेवका ६ वटा आयुर्वेदिक औषधिलाई सरकारले गुणस्तरहीन ठहर गर्दै बजारबाट फिर्ता लिन आदेश दिएको छ । योग माध्यमबाट लोकप्रिय भएर औषधधिसमेत उत्पादनमा सक्रिय रामदेवको दिव्य फार्मेसी, उत्तराखण्ड भारतबाट उत्पादित र पतञ्जली आयुर्वेद केन्द्रबाट विक्रि वितरण हुने ६ वटा औषधी गुणस्तरहीन ठहर भएको हो । दुई साताअघि पनि रामदेवका ४ वटा औषधी गुणस्तरहीन ठहर भएपछि सरकारले फिर्ता लिन आदेश दिएको थियो ।

औषधी व्यवस्था विभागले रामदेवका आवला चूर्ण, दिव्य गैसहर चूर्ण, बाकुची चूर्ण, त्रिफला चूर्ण, अश्वगन्धा चूर्ण, र आदित्य चूर्ण ‘माइक्रोवियल’ परिक्षणमा सफल नभएको जनाउँदै फिर्ता लिन आदेश दिएको हो ।

बजार अनुगमनका क्रममा संकलित औषधीको नमुना परिक्षण गर्दा गुणस्तरहीन पाइएपछि फिर्ता लिन आदेश दिएको हो । यि औषधीहरु सिफारिस, विक्रि वितरण र प्रयोगसमेत नगर्न÷नगराउन सबैमा अनुरोध छ । कान्तिपुर दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses