सुडान घोटला काण्ड/प्रहरी प्रमुखहरु जेलमा–सिटौलालाई उन्मुक्ति

असार ७, काठमाडौं । ०७४ बैशाख १७ गते सर्वोच्च अदालतले सुडान घोटला काण्डमा दोषी किटान गरेका पूर्व प्रहरी प्रमुखहरुले सर्वोच्च अदालतमा बुधबार आत्मसमर्पण गरेका छन् । पूर्व प्रहरी आइजिपि ओमविक्रम राणा र हेमबहादुर गुरुङसहित पूर्व एआइजि दिपक थाङ्देन र डिआइजी दिपक श्रेष्ठले आत्मसमर्पण गरेका हुन् ।

नेपाली काँग्रेसका नेता तथा तत्कालिन गृहमन्त्रि कृष्णप्रसाद सिटौलाको निर्देशनमा सुडानको डाफरमा शान्ति सेनामा खटिएका प्रहरीका लागि एपिसि खरिद गर्दा भ्रष्टचार भएको भन्दै सर्वोच्च अदालतले दोषी किटान गरेको हो । अदालतले पूर्व प्रहरी प्रमुख राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना तोकेको थियो अर्का आइजिपि गुरुङलाई एक वर्ष कैद र ४० हजार जरिवाना तोकेको थियो भने पूर्व एआइजि थाङदेन लाई एक वर्ष कैद र ४० हजार जरिवाना तोकेको थियो, डिआइजी श्रेष्ठलाई ६ महिना कैद र ३० हजार जरिवाना तोकेको थियो । अदालतले दोषी किटान गरेपनि लुकिछिपि रहँदै आएका उनीहरुले २ महिना पछि आत्मसमर्पण गरेका हुन् ।

विशेष अदालतको सफाइ दिने निर्णय उल्टाउँदै निवर्तमान प्रधानन्यायधिस शुशिला कार्कीको इजलासले दोषी किटान गरी फरारको सूचिमा राखेको थियो । सर्वोच्च अदालतको फैसला कार्यान्वयन इकाइले आजै डिल्लीबजार स्थित सदरखोर जेलमा पठाएको जानकारी दिएको छ । 

सँगै दोषी किटान भएका अर्का आइजिपि रमेशचन्द्र ठकुरी र डिआइजि रविप्रताप राणा अझै फरार रहेका छन् । वैधानिक रुपले राजनीतिक निर्णय गरेर एपिसि खरिद गर्न अनुमति दिएका तत्कालिन गृहमन्त्रि कृष्णप्रसाद सिटौलालाई भने उन्मुक्ति दिने काम भएको छ ।

0 comments

Write Down Your Responses