यू–१९ नेपाली क्रिकेट टोलिको तयारी प्रभावित

असार ७, काठमाडौं । आइसीसीयू–१९ विश्वकप एशियाली छनोट खेल्ने क्रममा रहेको नेपाली क्रिकेट टोलिको तयारी प्रभावित भएको छ । एशियन प्रिमियर लिग (एपीएल) क्रिकेट सोमबारदेखि किर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु भएसँगै यु–१९ टोलिले मैदान अभावको समस्या भोग्नुपरेको हो । मैदान अभावमा यू–१९ को टिमको प्रशिक्षण अन्योल बनेपछि एपीएलको आयोजक अल्टिमेट स्पोर्टस् मेनेजमेन्टले भारतको दिल्लीमा ५ दिन अभ्यास गर्ने व्यवस्था मिलाइदिने, त्यसको खर्च उपलब्ध गराइदिने राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको थियो । तर सबै खर्च व्यहोर्न एपीएल आयोजक नमानेको बताइएको छ । सिंगापुरमा जुलाई १५ देखि २६ सम्म हुने आइसीसीयू–१९ विश्वकप छनौट क्षेत्रमा नेपाल, सिंगापुर, अफगानिस्तान र मलेशिया छन् । यसको विजेता अर्को वर्ष न्यूजिल्याण्डमा हुने आइसीसीयू–१९ विश्वकपमा छनौट हुनेछ, यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

0 comments

Write Down Your Responses