‘प्रेमबारे अहिले बोल्दिनँ’

करिअर र रिलेशनसिपमध्ये कुनचाहिँ प्राथमिकतामा पर्छ भन्ने एउटा भारतीय संचार माध्ययमको प्रश्नमा २८ बर्षीय बलिउड नायिकाले भनेकी छिन्– मेरो लागि यो ५०–५० प्रतिशत हो । मैले आफ्नो करिअर र रिलेशनसिपमा सन्तुलन मिलाउने गरेकी छु । मेरो व्यक्तिगत जीवन करिअर जति नै महत्वपूर्ण छ । किनकी, करिअरको आयु सिमित हुँन्छ, बढि २०–२५ वर्ष । तर व्यक्तिको जीवन अनेक रुपमा बाँचुन्जेल चलिरहन्छ । त्यसैले म निकै सोचविचार गरेर मात्रै कुनै पनि निर्णय लिने गर्छु । जीवन र करिअर मध्ये कुनै एउटामा मात्रै एकोहोरिएर लाग्न सक्तिनँ म । मलाई यि दुवैमा राम्रो सन्तुलन मिलाउनु छ ।
कस्तो खाले प्रेमको अपेक्षा छ भन्ने प्रश्नमा उनको जवाफ छ, एकदमै रोमान्टिक किसिमको । त्यो केटोले पनि पहिलो दिनदेखि बाँचुन्जेल उस्तै मायाँ गरोस् । म त्यस्तै खालकी मान्छे हुँ, कुनै पनि सम्बन्ध दीर्घकालीन रहोस भन्नमै मेरो सँधैको प्रयास रहेको हुन्छ, लगानी परेको हुँन्छ ।
उनी आफूलाई एकदमै राम्रो योजनाकार, अति अनुशासित र जिम्मेवार भन्न रुचाउँछिन् । आफ्नो प्रेम जीवन पनि त्यस्तै होस भन्ने उनको चाहना छ । कुनै बल गरेर मैले आफ्नो प्रेम सम्बन्धलाई लुकाउने गरेकी होइन, कसैसँग रिलेशनसिप रहेको बारे किन सँधै चुप भन्ने प्रश्नमा उनले भनेकी छन्, ‘म खुल्ला हृदयकै मान्छे हुँ । कुनै पनि कुरा लुकाएर राखिरहन सक्तिनँ । यो मामिलामा मैले मुख खोल्ने समय आइनसकेको मात्रै हो । अब उपयुक्त समय आयो भन्ने लाग्ने वित्तिकै म आफ्नो प्रेम जीवनबारे चुप बसिरहँदिनँ ।


0 comments
Write Down Your Responses