जनकपुरमा नेकपाका १७ जना नेता कार्यकर्ता गिरफ्तार, १५ रिहा
असार १६, बर्दिबास । पहिलो र दोस्रो चरणको निर्वाचन खारेजी अभियानको क्रममा जनकपुर अञ्चलका विभिन्न जिल्लाबाट नेपाल कम्युनिस्ट पार्टीका १७ जना नेता–कार्यकर्ताहरु गिरफ्तार परेको नेकपा, जनकपुर ब्युरो कार्यालय सचिव राजु कार्कीले बताएका छन् ।
अझैसम्म रिहा नभएकाहरुमा केन्द्रीय सदस्य सन्देश पौडेल र अनेम संघ (क्रन्तिकारी) की केन्द्रीय सदस्य प्रमिला थिङ छन् ।
रिहा भएका १५ जनामध्ये धनुषा इन्चार्ज आदम कवारी, इन्द्रलाल शाह, मिथिला चौहान, जाहिर हुसेन छन् ।त्यसैगरी सिन्धुली सेक्रेटरी हरिकृष्ण घिमिरे, जगत विक, डोरबहादुर राई, राधाकृष्ण उप्रेती , शिक्षक देवेन्द्र आचार्य, सुजन श्रेष्ठ, डिलबहादुर विक (बन्दीलाई भेट्न जाँदा पक्राउ गरिएको) छन् । त्यसैगरी सर्लाहीबाट मोहना सहनी र डिलबहादुर विक छन् । त्यसैगरी महोत्तरीका राजन बस्नेत र पानबहादुर लामा ‘तिलक’ छन् भने प्रकाश वली पनि रिहा भएको खबर छ ।


0 comments
Write Down Your Responses