नेकपाका डोटी इन्चार्ज रिहा

असार १६, काठमाडौं । एक हप्ता पहिले गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टी, डोटी इन्चार्ज विवेक कुमाल शुक्रबार रिहा हुनु भएको छ ।
कुमाललाई डोटीको वीपी नगरबजारमा हिडिरहेको बेला असार ९ गते प्रहरीले पक्राउ गरेको थियो ।
चुनावको बेला शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै निशस्त्र व्यक्तिलाई पक्राउ गरि डोटी सदरमुकाममा राखिएको थियो । रिहाइलगत्तै नेकपा डोटीले कुमाललाई अभिनन्दन गरेको छ ।


0 comments
Write Down Your Responses