News
»
प्यूठानबाट ३ केन्द्रिय नेता गिरफ्तार
प्यूठानबाट ३ केन्द्रिय नेता गिरफ्तार
जेठ २४, प्यूठान । नेपाल कम्युनिस्ट पार्टी प्यूठानको बैठकमा प्रहरी हस्तक्षेप भएको छ । जिल्ला पार्टीको बैठक बसिरहेको ठाउँमा ठूलो संख्यामा आएको प्रहरीले हस्तक्षेप गर्न खोज्दा बुधबार झडप भएको छ । जिल्लाको तिराममा बैठक बसिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको थियो । बैठकमा सहभागी पार्टीका केन्द्रीय सदस्य एवम् राप्ती ब्यूरो इन्चार्ज केसबहादुर बाठा ‘सुवास‘, केन्द्रीय सदस्यहरु चन्द्रबहादुर खड्का, बन्धु चन्द र प्यूठनज जिल्ला सेक्रेटरी दधिराम सुवेदी सहित १४ जना जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । बन्धु चन्द अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।
0 comments
Write Down Your Responses