कालो मोसोको पीडा भुल्न कैलालीका जिशिअले गरे कार्यकक्षमै ग्रहशान्ति



जेठ २३, कैलाली । तस्वीरमा देखिएको स्थान– कैलाली जिल्ला शिक्षा कार्यालयका प्रमुखको कार्यकक्ष हाे । जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमै पुरोहित बोलाएर ग्रहशान्ति गराइँदै गरेको दृश्य तस्वीरमा देख्न सकिन्छ ।

कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टले आफ्नै कार्यकक्षमा ब्राम्हणद्वारा ग्रहशान्ति पूजा लगाएका छन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले भ्रष्टाचारीको आरोपमा विष्टलार्इ कालोमोसो दलेका थिए ।

शुक्रबार कालोमोसो दलिएपछि जिशिअ विष्ट तनावमा देखिएका थिए ।

सामाजिक रुपमा लज्जित महशुस गरेका जिशिअ बिष्टले ग्रहशान्तिका लागि आइतबार कार्यालयमै हवन गरेका हुन् ।

0 comments

Write Down Your Responses