नेपाल कम्युनिस्ट पार्टीको सहयोगमा मनसराको उपचार

जेठ २३, कालिकोट । रोसकोट नगरपालिका ७, कालिकोटकी ४ वर्षिय बालिका मनसरा लुहारको गत आइतबार एक्कासी आँखा विष्फोट भयो । आर्थिक रुपमा कमजोर परिवारका लुहारको उपचार परिवारबाट सम्भव थिएन । त्यसैले उपचारको जिम्मा लियो विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टीले ।
स्थानीयस्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी र स्थानीयले पैदल तथा गाडिको यात्रा पश्चात बाबु रणे लुहार र स्थानीय अगुवा कालीबहादुर महताराले अपरान्ह काठमाडौं ल्याइपुर्याए । महाराजगञ्ज स्थित वि.पि. आँखा अस्पतालमा आँखाको परिक्षण लगत्तै उपचारका लागि मनसरालाई कान्ती बाल अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ । भर्ना गर्नु अगाडि नेपाल कम्युनिष्ट पार्टीको पहलमा पत्रकार सम्मेलन गरेर विरामीको आर्थिक अवस्थाबारे बाबु रने लोहारले जानकारी गराएका थिए । विरामी मनसरालाई नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य एवं स्थानीय भरत बम ‘रणवीर’ सहितको टोलीले काठमाडौं ल्याइ पुर्याएको हो ।


0 comments
Write Down Your Responses